चुनावमा तालमेलको कुरा भ्रामक : एमाओवादी

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ११:११ मा प्रकाशित

Ucpn-Maoistकाठमाण्डु, २० कात्तिक–एकीकृत नेकपा माओवादीले आगामी चुनावमा कसैसँग तालमेल नगरेको स्पष्ट पारेको छ । यही कात्तिक १५ गते राजधानीबाट प्रकाशित एक पत्रिकाले ‘एमाओवादी र राप्रपाबीच तालमेल’ शीर्षकको समाचार छापेपछि एमाओवादीले तालमेलको कुरा भ्रामक भएको जनाएको छ ।

एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले बुधबार विज्ञप्ती निकालेर समाचार भ्रामक र कपोलकल्पित भएको भन्दै त्यस्तो समाचार प्रकाशित नगर्न आग्रह गरेका छन् ।

बिज्ञप्तीमा समाचारमा दावी गरिएजस्तो राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको तालमेल गर्ने कुनै सहमति नभएको उल्लेख छ ।

परिवर्तन विरोधीका यस्ता कपोलकल्पित समाचारबाट भ्रमित नहुन पनि बिज्ञप्तीमार्फत् सबैलाई अपील गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us