महोत्तरीमा दुई भारतीय हतियारसहित पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १०:५९ मा प्रकाशित

Policeमहोत्तरी, २० कात्तिक–महोत्तरीमा दुईजना भारतीय नागरिक बुधबार हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सीतामढीका मिथिलेश कुमार सिंह र रत्नेशकुमार यादव रहेका छन् ।

उनीहरुको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us