
काठमाण्डु २० कात्तिक–गृह मन्त्रालयले केही दिनयता सार्वजनिक स्थानमा विष्फोटकजन्य वस्तु एवम् विस्फोटकजन्य जस्तो देखिने शङ्काष्पद वस्तु राखी आम जनमानसमा त्रास र भय उत्पन्न गर्न खोजिएको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी निर्वाचन विरोधी तथा कानुनले निषेध गरेका कुनै पनि कार्य गरेमा वा गर्न खोजेमा सोको जानकारी नजिकको प्रहरी कार्यालयमा वा २४ सै घन्टा खुल्ला रहने मन्त्रालयको नियन्त्रण कक्षको टेलिफोन नं ०१–४२११२०८ मा तत्काल जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ ।
मङ्सिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।