लिवाङ, ४ मंसिर–नेपाल पत्रकार महासंघ अध्यक्ष मौसम रोकामगरलाई वैद्य माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । मतदान गर्न भनेर आफ्नो गाउँ थवाङ गएका रोकामगरलाई वैद्य माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका हुन् । रोकामगर रोल्पाको लिवाङस्थित रेडियो जलजला रोल्पाको स्टेशन म्यानेजर समेत हुन् । उनको अवस्था अज्ञात...
रोल्पा, ४ मङ्सिर–थवाङमा अहिलेसम्म पनि कुनै मतदाता मतदानका लागि आएका छैनन् । बिहानदेखि कर्मचारी तथा सुरक्षाकर्मी खटिएको भए पनि कुनै पनि मतदाता नआएको बताइएको छ । थवाङमा एक हजार ८७८ मतदाता छन् । सोमबार करिब ५० जना स्थानीयवासीले मतदाता परिचयपत्र लगेको जनाइएको छ ।...
काठमाण्डु, ४ मंसिर–अमेरिकाले नेपालमा संविधानसभा चुनाव हुन लागेकोमा खुशी व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले विज्ञप्ति निकालेर नेपालको संविधानसभा निर्वाचनबाट खुसी व्यक्त गर्दै शान्तिप्रकृया टुंगोमा पुग्ने विश्वास समेत व्यक्त गरेका हुन् । नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार प्रवक्ता जेन...
जनकपुर, ४ मङ्सिर–अर्काे संविधानसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट ११० र ११२ वर्षका नागरिकले मतदान गरेका छन । मतदान गर्नेमा जटही–५ स्थायी बसोबास गर्ने ११२ वर्षीय माथवर यादव र ११० वर्ष...
चितवन, ४ मङ्सिर– एकिकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने संविधानसभामा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि कुनै न कुनै रुपमा सहभागी गराइने बताएका छन । चितवन–३ अन्र्तगत भरतपुरको लक्ष्मी उच्चमाध्यमिक विद्यालय लंकुबाट मतदान गरेपछि प्रचण्डले बहिष्कार गर्नेको कुनै अर्थ नरहेको बताए । निर्वाचनमा...
नेपालगन्ज, ४ मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अर्काे संविधानसभा सदस्य निर्वाचनपछि गठन हुने संविधानसभाले नेपाली जनताको अधिकारको प्रत्याभूति, मुलुकमा दिगो शान्ति स्थापना र आर्थिक विकासलाई प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन । बाँके जिल्ला क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका सभापति कोइरालाले बिहान ७ः१५ बजे...
काठमाण्डु, ४ मंसिर- दोस्रो संविधानसभाको निर्वाचन अन्तर्गत ५० प्रतिशत मतदान भैसकेको छ । निर्वाचन आयोगले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी मध्यान्हसम्ममा ५० प्रतिशत मतदान भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता बीरबहादुर राईले सबै क्षेत्रमा शान्तिपूर्ण र उत्साहकासाथ मतदान भैरहेको जानकारी दिए...
काठमाण्डु, ४ मंसिर– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले काठमाण्डु क्षेत्रनम्बर १ को मध्यबानेश्वरस्थित सानोगौचरण मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी कडा सुरक्षाका बीच मतदानकालागि मतदान केन्द्र पुगेका थिए । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरस्थित लक्ष्मी उच्च माविबाट मतदान गरेका छन ।...
मलंगवा, ४ मंसिर–सर्लाही क्षेत्रनम्बर ६ का काँग्रेस उम्मेदवार अमरेस कुमार सिंहले बुथ कब्जा गरेका छन् । आफ्नो घर नजिकै रहेको बलरा गाविसको वडानम्बर ५, ६ र ७ को रिजविया मुस्लीम मदरसा केन्द्र तथा वडानम्बर ८ र ९ को प्राबि जब्दी मतदान केन्द्रमा सिंहले बुथ...
दैलेख, ४ मंसिर–दैलेखमा नेकपा–माओवादीका कार्यकर्ताहरुले मतपत्र लुटेपछि केहीबेर स्थगित भएको मतदान कार्य अहिले सुरु भएको छ । दैलेख क्षेत्रनम्बर २ अन्तरगत चामुण्डा गाविसको हाडाकोतस्थित मतदान केन्द्रमा मतदाताको रुपमा प्रवेश गरेका माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेपछि केहीबेर मतदान प्रकृया स्थगित भएको थियो । सुरक्षा प्रवन्ध मिलाएपछि...
काठमाण्डु, ४ मंसिर–स्थानीय भोटेबहालमा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा एक बालक घाइते भएका छन् । टेकु र भोटेबहालबीचको सडकखण्डमा राखिएको बम खेलाउँदा आठ वर्षीय समिर खड्गी घाइते भएको प्रहरीले जनाएको छ । सडकमा राखिएको विस्फोटक पदार्थ बालकले खेलाउँदा पड्किएर घाइते भएको प्रहरी प्रवक्ता...
घोराही, ४ मंसिर–दाङको सोनपुरबाट चारजना वैद्य माओवादीका कार्यकर्ताहरु विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । सोनपुर गाविस वडानम्बर ४ बाट प्रेम चौधरी, सन्दिप चौधरी, सागर चौधरी र रामप्रसाद चौधरी पक्राउ परेका हुन् । उनीहरुको साथबाट पाइप बम र सकेट बम एक–एक थान बरामद भएको प्रहरीले...