
घोराही, ४ मंसिर–दाङको सोनपुरबाट चारजना वैद्य माओवादीका कार्यकर्ताहरु विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । सोनपुर गाविस वडानम्बर ४ बाट प्रेम चौधरी, सन्दिप चौधरी, सागर चौधरी र रामप्रसाद चौधरी पक्राउ परेका हुन् । उनीहरुको साथबाट पाइप बम र सकेट बम एक–एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
जाजरकोटबाट दुईजना पक्राउ
यसैगरी जाजरकोट क्षेत्र नम्वर २ को टालेगाउँ गाविसबाट वैद्य माओवादीका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा टालेगाउँ गाविस वडा नम्बर ७ का सुरेन्द्र सिंह र अर्जुन सिंहलाई नेपाली सेनाको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
जनकल्याण निमावि गुप्ताले मतदान केन्द्रमा बम पड्काउने डेटोनेटर तार विछ्याउने तयारी गरिरहेकोबेला उनीहरुलाई पक्राउ गरिएको पाण्डेको भनाइ छ ।