पत्रकार महासंघ रोल्पाका अध्यक्ष वैद्य माओवादीको कब्जामा

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ९:०९ मा प्रकाशित

लिवाङ, ४ मंसिर–नेपाल पत्रकार महासंघ अध्यक्ष मौसम रोकामगरलाई वैद्य माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । मतदान गर्न भनेर आफ्नो गाउँ थवाङ गएका रोकामगरलाई वैद्य माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका हुन् ।

रोकामगर रोल्पाको लिवाङस्थित रेडियो जलजला रोल्पाको स्टेशन म्यानेजर समेत हुन् । उनको अवस्था अज्ञात रहेको पत्रकार मनिषा श्रेष्ठले जानकारी दिइन् ।

जनयुद्धको उद्गमथलो मानिने थवाङ रोल्पा क्षेत्रनम्बर २ मा पर्दछ । सो क्षेत्रमा एकीकृत माओवादीका ओनसरी घर्ती उम्मेदवार  छिन् ।

वैद्य माओवादीले थवाङबाट एउटा पनि मत खस्न नदिने जनाएको छ । दुईवटा मतदान केन्द्र रहेको थवाङमा अहिलेसम्म पनि मतदान शुरु हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us