मलंगवा, ४ मंसिर–सर्लाही क्षेत्रनम्बर ६ का काँग्रेस उम्मेदवार अमरेस कुमार सिंहले बुथ कब्जा गरेका छन् ।
आफ्नो घर नजिकै रहेको बलरा गाविसको वडानम्बर ५, ६ र ७ को रिजविया मुस्लीम मदरसा केन्द्र तथा वडानम्बर ८ र ९ को प्राबि जब्दी मतदान केन्द्रमा सिंहले बुथ कब्जा गरेको अन्य राजनीतिक दलको भनाइ छ ।
मतदान शुरु हुनासाथ मतदाताहरुलाई प्रवेश गर्न नदिइ सिंहले आफूखुसी मतदान गरेको विपक्षीहरुको आरोप छ । सिंहले अरु दलका एजेण्टलाईसमेत प्रवेशमा रोक लगाएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको सो क्षेत्रमा सिंहले ठाकुरका प्रतिनिधि केदारनन्दन चौधरीलाई समेत प्रवेशमा रोक लगाएका छन् ।
यस्तै स्याङ्जाको भुस्ताह क्षेत्रमा पनि काँग्रेसले बुथ कब्जा गरेको राजनीतिक दलका नेताहरुको दावी छ ।