संविधानसभा चुनाव भएकोमा अमेरिका खुसी

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर–अमेरिकाले नेपालमा संविधानसभा चुनाव हुन लागेकोमा खुशी व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले विज्ञप्ति निकालेर नेपालको संविधानसभा निर्वाचनबाट खुसी व्यक्त गर्दै शान्तिप्रकृया टुंगोमा पुग्ने विश्वास समेत व्यक्त गरेका हुन् ।US Flag

नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार प्रवक्ता जेन साकीले जनभावना अनुसारको संविधान बनोस् भन्ने कामना पनि गरेका छन् ।

प्रवक्ता साकीले चुनावको पूर्ण नतिजा सार्वजनिक हुने बेलासम्म धैर्यता अपनाउन र लोकतान्त्रिक प्रकृयाको सम्मान गर्न पनि सबैलाई अपील गरेको दुतावासले जनाएको छ । अबको संविधानसभाले नेपालको लोकतान्त्रिक प्रक्रिया सुदृढ हुने अमेरिकाको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us