अपडेट : दैलेखमा मतदान शुरु

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ६:५८ मा प्रकाशित

दैलेख, ४ मंसिर–दैलेखमा नेकपा–माओवादीका कार्यकर्ताहरुले मतपत्र लुटेपछि केहीबेर स्थगित भएको मतदान कार्य अहिले सुरु भएको छ । दैलेख क्षेत्रनम्बर २ अन्तरगत चामुण्डा गाविसको हाडाकोतस्थित मतदान केन्द्रमा मतदाताको रुपमा प्रवेश गरेका माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेपछि केहीबेर मतदान प्रकृया स्थगित भएको थियो ।

सुरक्षा प्रवन्ध मिलाएपछि अहिले शान्तिपूर्वक मतदान भैरहेको निर्वाचन अधिकृत कलानीधि पौडेलले जानकारी दिए । पौडेलका अनुसार जुम्लाबाट मतपत्र दैलेख सदरमुकाम ल्याएर त्यहाँबाट चामुण्डा गाविसको हाडाकोतस्थित मतदान केन्द्रमा लगिएको थियो ।

माओवादी कार्यकर्ताहरुले लुटपाट गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थियो । सो क्षेत्र सदरमुकामबाट झण्डै १८ कोष टाढा पर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us