एक सय १० र ११२ वर्षीय वृद्धले भने-यसपटक पक्कै संबिधान बन्छ

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ८:१० मा प्रकाशित

जनकपुर, ४ मङ्सिर–अर्काे संविधानसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट ११० र ११२ वर्षका नागरिकले मतदान गरेका छन ।
मतदान गर्नेमा जटही–५ स्थायी बसोबास गर्ने ११२ वर्षीय माथवर यादव र ११० वर्ष मनोदेवी यादव रहेको मतदान अधिकृत अङ्केश्वर यादवले बताए । उनीहरुले रासससँग कुरा गर्दै अघिल्लो संविधानसभामा मतदान गरे पनि संविधान बन्न नसकेकाले यस पालि भने पक्कै संविधान बन्ने विश्वास व्यक्त गरे । उनीहरु आफन्तको सहारामा मतदान गर्न केन्द्रसम्म पुगेका थिए ।mate

बैतडीको दशरथ नगरपालिकामा १२० वर्र्षीया जानकीदेवी पन्तले मताधिकार प्रयोग गरकी छिन । लमजुङ क्षेत्र नं १ को चिसापानी गाविस (सुवेदीगाउ“) को कमला प्राविको मतदान केन्द्रमा ११२ वर्षीया कौशिला बोगटीले मतदान गनरेकी छिन । दैलेखको सेरी गाविस–५ का ११२ वर्षका खविलाल कामीले भवन सेरी (क) मतदान केन्द्रबाट बिहान ७ः०० बजे मत खसालेका थिए ।
त्यस्तै बैतडी– १ अन्तर्गत भूमेश्वरकी १०४ वर्षीया मानमती भट्टले भूमेश्वर मावि ठाड (क) मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरेका थिए । लमजुङ क्षेत्र नं १ को चिसापानी गाविस (सुवेदीगाउ“) को कमला प्राविको मतदान केन्द्रमा ११२ वर्षीया कौशिला बोगटीले मतदान गरेका थिए ।

बाँके– ४ अन्तर्गत सीतापुर–५ गौघाटका ११२ वर्Èीय प्रताप विष्ट र उनकी पत्नी मोतीले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुराँसपुर मतदान केन्द्रमा मतदान गरेका छन ।     छोरा रामबहादुरको सहयोगमा साइकलमा मतदान केन्द्रसम्म पुगेर दुवै जनाले मतदान गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us