
चितवन, ४ मङ्सिर– एकिकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने संविधानसभामा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि कुनै न कुनै रुपमा सहभागी गराइने बताएका छन ।
चितवन–३ अन्र्तगत भरतपुरको लक्ष्मी उच्चमाध्यमिक विद्यालय लंकुबाट मतदान गरेपछि प्रचण्डले बहिष्कार गर्नेको कुनै अर्थ नरहेको बताए । निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको भन्दै प्रचण्डले राष्ट्रको इतिहासमा एक पटक मात्र हुने संविधानसभा निर्वाचन दुर्भाग्यवश नेपालमा दुई पटक भए पनि अब कुनै पनि हालतमा नेपाली जनतालाई संविधान दिइने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले ११ः३० मा सो केन्द्रबाट मतदान गरेका हुन ।