समाचार

एमालेसँग मिलेको भन्दै ४ कर्मचारी फिर्ता

२०७० मंसिर ४ गते ४:१३

स्या्ङ्जा, ४ मंसिर–मर्यादा विपरित काम गरेको भन्दै स्याङ्जामा चारजना कर्मचारीहरुलाई फिर्ता बोलाइएको छ । एमाले नेतासँग मिलेको आरोपमा स्याङ्जा क्षेत्र नम्बर १ को जनता उच्च मावि ठूलाडिही मतदान केन्द्रको ‘क’ बाट ३ जना र ख’बाट एकजना कर्मचारीहरुलाई फिर्ता बोलाइएको हो । ‘क’ केन्द्रका हेमप्रसाद...

मतदानमा सुरक्षा व्यवस्था कडा, क्यामेरा र मोबाइल प्रतिबन्ध

२०७० मंसिर ४ गते ३:०३

संविधानसभा निर्वाचनको लागि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा जनपद र म्यादी प्रहरी छन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्ति तथा तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिएका छन् । सुरक्षाकर्मीहरुले हवाई गस्ती पनि जारी राखेका छन् ।...

एबीसी टेलिभिजन बन्द गर्न निर्वाचन आयोगको आदेश

२०७० मंसिर ३ गते १४:५९

काठमाण्डु, ३ मंसिर–निर्वाचन आयोगले नीजि क्षेत्रबाट सञ्चालित एवीसी टेलिभिजनका सम्पूर्ण प्रसारण बन्द गर्न आदेश दिएको छ । निर्वाचन आयोगले आइतबार एबीसी टेलिभिजन लगायत १५ सन्चार माध्यमलाई मौन अवधिमा पनि आचार संहिता उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । आयोगका प्रवक्ता वीरबहादुर राईले जारी गरेको...

चुनावका दिन सवारी चलाउन नपाइने

२०७० मंसिर ३ गते १४:४०

काठमाण्डु, ३ मंसिर–  चुनावको दिन मंगलबार बिहान ५ बजेदेखि राति १२ बजेसम्म सवारी साधन चलाउनमा सरकारले निषेध गरेको छ । सडक सवारीका साथमा हवाई सवारी पनि चलाउन पनि रोक लगाएको हो । अनुमति लिएको सवारी  साधन भने निर्वाद रुपमा चल्न पाउने गृह मन्त्रालयले जनाएको...

सशस्त्र समूहका कुख्यात नाइके सार्वजनिक

२०७० मंसिर ३ गते १४:१२

काठमाण्डु, ३ मंसिर– प्रहरीले तराईका विभिन्न जिल्लामा सशस्त्र गतिविधिमा संलग्न भूमिगत समूह जनतान्त्रिक मुक्तिमोर्चा (राजन समूह) का अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । वीरगन्जको ठोरी नाकाबाट केही दिनअघि पक्राउ परेका झालाई केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन...

चुनावका दिन नभइ नहुने सबै सेवाहरु सञ्चालन

२०७० मंसिर ३ गते १४:०५

काठमाण्डु, ३ मंसिर- सरकारले सरकारी बिदाका दिनमा पनि जनताको दैनिक अत्यावश्यक सेवालाई निरन्तर रुपमा सञ्चालनमा ल्याइराखेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले दिएको जानकारीअनुसार निर्वाचन प्रयोजनका लागि सरकारले बिदा दिएका दिनमा पनि अत्यावश्यक सेवा सञ्चालन गरिराखेको  छ । संविधानसभा निर्वाचनमा...

चुनावको संघारमा राष्ट्रपतिको सन्देश

२०७० मंसिर ३ गते १३:५६

काठमाण्डु, ३ मंसिर– राष्ट्रपति डा. रामवरण यादवले निर्भिकता र उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरी संविधानसभा निर्वाचनको राष्ट्रिय सङ्कल्पलाई सफल र साकार तुल्याउन हार्दिक आह्वान गरेका छन् । संविधानसभा निर्वाचन राष्ट्रिय महत्वको विषय भएको भन्दै मतदान गर्ने योग्यता पुगेका नागरिकलाई उनले आह्वान गरेका हुन् ।...

एमालेले पर्यवेक्षक बन्दै पैसा बाँडेर भोट मागे

२०७० मंसिर ३ गते १३:४६

सिन्धुपाल्चोक, ३ मंसिर– उम्मेदवारलाई जिताउन भन्दै पैसा बाँडिरहेका अवस्थामा पर्यवेक्षणको कार्ड लिएका एक व्यक्ति पक्राउ परेका छन् । नेकपा एमालेका उम्मेदवार सुवास कमार्चायलाई जिताउन भन्दै पैसा बाँडिरहेको अवस्थामा सामुदायिक विकास तथा वातावरण संरक्षण विकास मञ्चका संयोजक समेत रहेका गोविन्द सापकोटा पक्राउ परेका हुन् ।...

निर्वाचन आयुक्त शर्माले उम्मेदवारलाई भनिन् ‘तँ भोटे’ चुप लाग

२०७० मंसिर ३ गते १३:३५

नुवाकोट, ३ मंसिर– निर्वाचन आयुक्त इला शर्माले एकीकृत माओवादी नुवाकोट–२ का उम्मेदवार हितबहादुर तामाङलाई अपमानजक शब्द प्रयोग गरी हप्काएकी छन् । खानीगाउँस्थित रतनदेउ प्रावि मतदान केन्द्र अवलोनका लागि काठमाण्डुबाट हेलिकोप्टरमा गएकी शर्माले तामाङलाई टेलिफोनमा गाली बेइज्जती गरेकी हुन् । उनले निर्वाचन आचारसंहिताविपरीत काँग्रेस उम्मेदवार...

चुनावका लागि मात्रै भारतद्वारा सेनालाई हेलिकप्टर

२०७० मंसिर ३ गते १२:०२

काठमाण्डु, ३ मंसिर– नेपाली सेनाले ४५ दिनको लागि मात्र भारतबाट हेलिकप्टर ल्याएको छ । नेपाल सरकारको आग्रहमा भारतले संविधानसभा निर्वाचनका लागि दुई वटा साना हेलिकप्टर दिएको हो । भारतीय दुसतावासका अनुसार हिन्दुस्तान एरोनोटिक लिमिटेडमा निर्मित हेलिकप्टर ४५ दिनको लागि नेपाली सेनालाई उपलब्ध गराएको हो...

मौन अवधिमा गगन थापाको मौनता तोडियो

२०७० मंसिर ३ गते ११:४५

काठमाण्डु, ३ मंसिर – काठमाण्डु–४ का काँग्रेस उम्मेदवार गगन थापाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा प्रचार–प्रसार गरेका छन् । मौन अवधिको समयमा सोमबार उनले इमेल र एसएमएसबाट मतदाताहरुसँग भोट मागेर आचारसंहिता तोडेका हुन् । आफ्नो आधिकारिक वेवसाइटसँग सम्बन्धित इमेल ठेगानाबाट गगन थापाले एकैपटक...

उपत्यकाको भोट गन्ने ठाउँ तय भयो

२०७० मंसिर ३ गते ११:२०

काठमाण्डु, ३ मंसिर । उपत्यकाका जिल्लाहरुमा मतदान सकिएपछि मतगणना हुने स्थान तय भएका छन् । विघटित संविधानसभाको भवन बानेश्वरमा उपत्यकाको मतगणना गरिने भएको छ । साँझ ५ बजे मतदान सकिएपछि सबै मतपेटिकाहरु विघटिन संविधानसभा भवनमा सुरक्षित पुर्‍याई गणना सुरु गर्ने काठमाण्डुका मुख्य निर्वाचन अधिकृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us