मौन अवधिमा गगन थापाको मौनता तोडियो

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ११:४५ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, ३ मंसिर – काठमाण्डु–४ का काँग्रेस उम्मेदवार गगन थापाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा प्रचार–प्रसार गरेका छन् । मौन अवधिको समयमा सोमबार उनले इमेल र एसएमएसबाट मतदाताहरुसँग भोट मागेर आचारसंहिता तोडेका हुन् ।

आफ्नो आधिकारिक वेवसाइटसँग सम्बन्धित इमेल ठेगानाबाट गगन थापाले एकैपटक सयौंको संख्यामा मतदाताहरुलाई इमेल पठाइएको छ । उनले आचारसंहिता उल्लंघन गर्दै इमेलमा आफूलाई भोट दिन अपिल गर्दै काँग्रेसको झण्डा र चुनाव चिह्नको बीचमा आफ्नो तस्विर राखिएको छ । सो तस्विरका मुनितिर उनले मत मागदै अपिल गरेका छन् ।

मौन अवधिमा प्रचार–प्रसार गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा सोही क्षेत्रमा एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले आपत्ति जनाएका छन् । पासाङको निर्वाचन परिचालन कमिटीले एक विज्ञप्ती निकाल्दै आपत्ति जनाएको हो । काँग्रेस उम्मेदवार गगनले ४ नं क्षेत्रमा मतदाताका मोबाइलमा फोन गरेर तथा एसएमएस पठाएर पनि मौन अवधि तोडिरहेको त्यहाँका एक मतदाताले बताएका छन् ।

गगन थापाले को आधिकारिक इमेलबाट पठाएका इमेल यस्तो छः

gagan-thapa111

एमाओेवादी निर्वाचन परिचालन कमिटीले जारी गरेको विज्ञप्तीः

Press Statement3

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us