सिन्धुपाल्चोक, ३ मंसिर– उम्मेदवारलाई जिताउन भन्दै पैसा बाँडिरहेका अवस्थामा पर्यवेक्षणको कार्ड लिएका एक व्यक्ति पक्राउ परेका छन् ।
नेकपा एमालेका उम्मेदवार सुवास कमार्चायलाई जिताउन भन्दै पैसा बाँडिरहेको अवस्थामा सामुदायिक विकास तथा वातावरण संरक्षण विकास मञ्चका संयोजक समेत रहेका गोविन्द सापकोटा पक्राउ परेका हुन् । स्थानियले पैसा बाँड्दै गर्दा नियन्त्रणमा लिई उनलाई प्रहरीलाई बुझाएका हुन् ।
सिपापोखरी गाविसको गहते गाउँमा एमाले उमेदवारको लागि भोट माग्दै पैसा बाँडेकोे स्वीकार गरेको भिडियोसहित स्थानीयले जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् । प्रहरी समक्षपनि उनले पैसा बाँडेको स्वीकार गरेपछि आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उनलाई पर्यवेक्षणको लागि दिइएको पत्रिचयपत्र समेत खारेज गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पाखरेलले जानकारी दिए ।