
काठमाण्डु, ३ मंसिर– चुनावको दिन मंगलबार बिहान ५ बजेदेखि राति १२ बजेसम्म सवारी साधन चलाउनमा सरकारले निषेध गरेको छ ।
सडक सवारीका साथमा हवाई सवारी पनि चलाउन पनि रोक लगाएको हो । अनुमति लिएको सवारी साधन भने निर्वाद रुपमा चल्न पाउने गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै भोट हाल्न मतदान केन्द्रमा जाँदा मतदाताले मोबाइल, क्यामेरा लगायतका विद्युतीय सामाग्री लान नपाइने आयोगले बताएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले पनि विद्युतीय सामाग्री प्रयोग गर्न पाउने छैनन् ।
यसै गरी आयोगले पनि चुनावको दिन विहान ५ बजेदेखि राति १२ बजेसम्म हवाई सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि किसिमका सवारी साधनहरुको नेपाल राज्यभर आवागमनमा रोक लगाउने निर्णय समेत आयोगले गरेको जनाएको छ ।