मतदानमा सुरक्षा व्यवस्था कडा, क्यामेरा र मोबाइल प्रतिबन्ध

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ३:०३ मा प्रकाशित

संविधानसभा निर्वाचनको लागि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रको पहिलो सुरक्षा घेरामा जनपद र म्यादी प्रहरी छन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्ति तथा तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिएका छन् । सुरक्षाकर्मीहरुले हवाई गस्ती पनि जारी राखेका छन् ।

मतदानस्थलमा क्यामेरा, मोबाइल, लाइटर, सलाईलगायत कुनैपनि विद्युतीय उपकरण लैजान निषेध गरिएको छ । कर्मचारीहरुलाई भने यस्तो बन्देज गरिएको छैन ।

अत्यावश्यक सेवाका सवारी बाहेक अन्य सवारी साधन चलाउन रोक लगाइएको छ । हवाई उडान पनि बन्द गरिएको छ । निर्वाचन सुरक्षाकालागि दुई दिन अघिदेखि नै सबै सीमा नाका बन्द गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us