एमालेसँग मिलेको भन्दै ४ कर्मचारी फिर्ता

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ४:१३ मा प्रकाशित

स्या्ङ्जा, ४ मंसिर–मर्यादा विपरित काम गरेको भन्दै स्याङ्जामा चारजना कर्मचारीहरुलाई फिर्ता बोलाइएको छ । एमाले नेतासँग मिलेको आरोपमा स्याङ्जा क्षेत्र नम्बर १ को जनता उच्च मावि ठूलाडिही मतदान केन्द्रको ‘क’ बाट ३ जना र ख’बाट एकजना कर्मचारीहरुलाई फिर्ता बोलाइएको हो ।

‘क’ केन्द्रका हेमप्रसाद गैरे, बुद्धिसागर पराजुली र छविलाल शर्मा तथा ‘ख’ केन्द्रका गनेन्द्र रानालाई फिर्ता बोलाएर अन्य कर्मचारीहरु पठाइएको मुख्य निर्वाचन अधिकृत चिन्तामणि बरालले जानकारी दिए ।

यसैबीच स्याङ्जा क्षेत्रनम्बर ३ को अमरदीप प्रावि देउराली मतदान केन्द्रमा १ सय १२ बर्षीया दमयन्ती थापाले सबैभन्दा पहिले मतदान गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us