उपत्यकाको भोट गन्ने ठाउँ तय भयो

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ११:२० मा प्रकाशित

election-voteकाठमाण्डु, ३ मंसिर । उपत्यकाका जिल्लाहरुमा मतदान सकिएपछि मतगणना हुने स्थान तय भएका छन् ।

विघटित संविधानसभाको भवन बानेश्वरमा उपत्यकाको मतगणना गरिने भएको छ । साँझ ५ बजे मतदान सकिएपछि सबै मतपेटिकाहरु विघटिन संविधानसभा भवनमा सुरक्षित पुर्‍याई गणना सुरु गर्ने काठमाण्डुका मुख्य निर्वाचन अधिकृत अच्युत बिष्टले जानकारी दिए ।

त्यसैगरी ललितपुरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ( स्टाफ कलेज) मा हुने ललितपुरका जिल्ला निर्वाचन अधिकारी शान्ता नेपालले जानकारी दिए ।

भक्तपुरको मतगणना सानोठिमीस्थित शिक्षा विभागको कार्यालयमा हुने बताइएको छ । बिहान ७ बजेदेखि हुने मतदान साँझ ५ बजे सकिएपछि मतदानस्थलबाट मतपेटिका मतगणनास्थल पुर्‍याएपछि सबै उम्मेदबार प्रतिनिधिहरुको रोहबरमा मतगणना सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us