कस्ले कहाँबाट गरे मतदान ?

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ७:०४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले काठमाण्डु क्षेत्रनम्बर १ को मध्यबानेश्वरस्थित सानोगौचरण मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी कडा सुरक्षाका बीच मतदानकालागि मतदान केन्द्र पुगेका थिए । Khilraj 2

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरस्थित लक्ष्मी उच्च माविबाट मतदान गरेका छन ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बाँके क्षेत्र नं. ३ बाट मतदान गरेका छन् । कोइरालाले विहान सात बजे जिल्ला निर्वाचन कार्यालयको हातामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको निर्वाचन लोकतन्त्रको सुदृढीकरण, जनताका अधिकार संविधानमार्फत सम्बोधन गर्न र मुलुकमा शान्ति स्थापनाका लागि कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

Prachanda 2
यस्तै, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पहिलो मतदाताका रुपमा तनहँु निर्वाचन क्षेत्र २ अन्तर्गत सदरमुकाम दमौलीमा रहेको सत्यवती उच्च मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले इलामको फिक्कलस्थित रम्फु केन्द्रबाट, उपाध्यक्ष बामदेव गौतमले बर्दियाको जीबन उच्च मावि ककौरा केन्द्रबाट, नेता माधव नेपालले रौतहटको गौरस्थित रामजानकी कन्या उच्च मावि केन्द्रबाट र नेता सुभास नेम्वाङले इलामको बालमन्दिरबाट मतदान गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको बालज्योती उच्च मावि मतदान केन्द्रबाट गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले काठमाण्डुको नयाँ बानेश्वरस्थित केन्द्रबाट मतदान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us