थवाङमा अझै मत खसेन

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ८:४८ मा प्रकाशित

रोल्पा, ४ मङ्सिर–थवाङमा अहिलेसम्म पनि कुनै मतदाता मतदानका लागि आएका छैनन् ।
बिहानदेखि कर्मचारी तथा सुरक्षाकर्मी खटिएको भए पनि कुनै पनि मतदाता नआएको बताइएको छ । थवाङमा एक हजार ८७८ मतदाता छन् । सोमबार करिब ५० जना स्थानीयवासीले मतदाता परिचयपत्र लगेको जनाइएको छ ।
बलभद्र उच्च माविमा तीन मतदान केन्द्र तय गरिएको भए पनि अझैसम्म कुनै मतदाता नआएको त्यहाँ खटिएका मतदान अधिकृत रामकुमार न्यौपानेले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us