समाचार

गोरखा फुजेल काण्डमा थुनिएका पौडेलले भने, ‘मेरो बेइज्जत गरियो’

२०७० पुष २८ गते १०:०२

चितवन, २८ पुस – गोरखा ७ फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा २४ दिन हिरातमा बसेर रिहा भएका भरतपुर ९ शरदपुरका परशुराम पौडेलले निर्दोष व्यक्तिलाई कठपुतली बनाएर सार्वजनिक बेइज्जत गरेर आफूलाई मानसिक यातना दिएको बताएका छन् । रिपोटर्स क्लव चितवन शाखाले गरेको कार्यक्रममा पौडेलले शान्ति...

दुर्घटनामा एकको मृत्यु

२०७० पुष २८ गते ९:३३

इटहरी, २८ पुस– सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार झापा सुनसरीको दुवागडी–४ मा भएको सवारी दुर्घटनामा ६५ वर्षीय साइकलयात्री यादव पोख्रेलको मृत्यु भएको हो । मे ४ प ७८२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि...

लोकमानलाई प्रश्न सोध्दा जेल परेका पत्रकार छुटे

२०७० पुष २८ गते ९:२५

काठमाण्डु, २८ पुस – अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोध्दा जेल परेका पत्रकार रिहा भएका छन् । विराटनगर पुगेका कार्कीलाई प्रश्न सोध्दा जेल परेका २० जना पत्रकार रिहा भएका हुन् । पत्रकारलाई रिहा गरेपछि मोरङका प्रमुख जिल्ला अधिकारी गणेश कार्कीले अख्तियार...

तेस्रोलिंगीको प्रतिनिधित्व नभए आन्दोलन

२०७० पुष २८ गते ९:१४

काठमाण्डु, २८ पुस – पूर्व सभासद् तथा नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् । संविधानसभामा आफ्नो समूदायको प्रतिनिधित्व नभएसम्म अधिकार लेखिनेमा शंका उत्पन्न भएको भन्दै समलिंगी तेश्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउन पन्तले माग...

हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाइँदै

२०७० पुष २८ गते ८:०५

खलङ्गा, २८ पुस–हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग आंशिक रुपमा खुलेको छ । राजमार्गको श्रीभावर, बित्थड, दुदिलाखानलगायतका ठाउँमा हिमापले अवरुद्ध बनेको यातायात प्रहरी सक्रितामा खुलाइएको हो । राजमार्गको हिउँ सफा गर्ने काम भइरहेको र केही ठूला सवारीहरु चल्न थालेको खोड्पे प्रहरी चौकीका...

पश्चिमा शक्तिले सहमति भाँडे : सापकोटा

२०७० पुष २८ गते ६:४२

काठमाण्डु, २८ पुस–एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पश्चिमा शक्तिको चलखेलको कारण सरकार गठन र संविधानसभाको पहिलो बैठकमा ढिलाइ भैरहेको दावी गरेका छन् । आफूहरु सहमतिको लागि तयार भए पनि षडयन्त्रकोलागि सफल हुन नसकेको उनको धारणा छ । काठमाण्डुको युनियन हाउसमा आइतबार विहान भएको...

नेपालले भने, ‘राष्ट्रपतिको लागि योग्य छैन’

२०७० पुष २८ गते ६:३५

काठमाण्डु, २८ पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई अवसर आए पनि राष्ट्रपति नबन्ने बताएका छन् । राष्ट्रपति पदको लागि आफू योग्य नभएको उनको भनाइ छ । आफू पदको लोभि नभएको उनले जिकीर समेत गरे ।...

दुर्घटनामा एकजनाको मृत्यु, १२ घाइते

२०७० पुष २८ गते ६:३४

काठमाण्डु, २८ पुस–बाँकेको रझेनामा कारको ठक्करबाट आइतबार विहान एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल काठमाण्डु बसुन्धारा बस्ने बाँके रझेनाका ५० बर्षीय बासुदेव शर्मा लम्साल रहेका छन् । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । आइतबार बिहान पौने ५...

पोलियो थोपा होइन चामल मागे राउटेले

२०७० पुष २८ गते ६:०३

सुर्खेत, २८ पुस–सुर्खेतको साटाखानीमा विगत दुई महिनादेखि अस्थायी रुपमा बस्दै आएका राउटेका बालबालिकाले पोलियो थोपा खान मानेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालयको पहिलो प्रयास र विश्व स्वास्थ्य सङ्गठनको पुनः प्रयासपछि पनि राउटे मुखियाहरुले पोलियो थोपा खुवाउन नमानेपछि बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन्...

सुनेको भरमा कम्प्युटर पढ्छन् विद्यार्थी

२०७० पुष २८ गते ५:३३

जाजरकोट, २८ पुस–जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ हुने कम्प्युटर शिक्षा सुनेकै भरमा विद्यार्थीले पढ्ने र शिक्षकले बिना अध्ययन नै पढाउने गरेका छन् । कम्प्युटरसम्बन्धी आधारभूत जानकारी नै नभएका शिक्षकले कम्प्युटरबिना नै किताबको भरमा पढाउने गरेको गुनासो विद्यार्थीले गरेका छन् । सरकारले यसै वर्षदेखि कक्षा ६...

कन्चनपुरमा यातायात बन्द खुल्यो

२०७० पुष २८ गते ५:२८

कञ्चनपुर, २८ पुस–सुदूरपश्चिमका यातायात व्यवसायीहरुद्वारा गरिएको यातायात बन्द कञ्चनपुरमा आइतबार बिहानैदेखि खुलेको छ । थारू समुदायको आउँदै गरेको माघी पर्व र महेन्द्रनगर बजारमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलालाई मध्यनजर गर्दै यातायातका साधन सञ्चालनमा ल्याइएको सेती महाकाली बस तथा मिनीबस व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष बाबुराम...

सर्वसम्मत प्रधानमन्त्री बन्ने कोइरालाको कसरत

२०७० पुष २८ गते ४:५५

काठमाण्डु, २८ पुस–संविधानसभाको पहिलो बैठक आह्वानपछि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यलाई थप तिव्रता दिएको छ । सभापति सुशील कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठनको पहललाई तिव्रता दिएका हुन् । सबैभन्दा ठूलो दलको सभापति भएकोले कोइरालाले आफ्नो नेतृत्वमा सरकार बनाउन आइतबारदेखि आन्तरिक छलफल शुरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us