लोकमानलाई प्रश्न सोध्दा जेल परेका पत्रकार छुटे

काठमाण्डु टुडे २०७० पुष २८ गते ९:२५ मा प्रकाशित

Lok_Man-Singh-Karkiकाठमाण्डु, २८ पुस – अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोध्दा जेल परेका पत्रकार रिहा भएका छन् ।

विराटनगर पुगेका कार्कीलाई प्रश्न सोध्दा जेल परेका २० जना पत्रकार रिहा भएका हुन् ।

पत्रकारलाई रिहा गरेपछि मोरङका प्रमुख जिल्ला अधिकारी गणेश कार्कीले अख्तियार प्रमुख कार्कीलाई सुरक्षा दिन पत्रकारलाई पक्राउ गरिएको दावी गरे ।

यसअघि पत्रकारलाई कार्कीले नै प्रश्न सोध्न आग्रह गरेको र सुपारी तस्करी नियन्त्रणको विषयमा प्रश्न सोधेपछि रिसाएको पत्रकारहरुले बताएका छन् ।

कार्कीले यो विषयमा प्रश्न सोध्ने वित्तिकै पत्रकारमाथि खनिएका थिए ।

कार्कीले पत्रकारलाई गाली गरेपछि विरोधमा प्रशासन कार्यालय अगाडि धर्नामा बसेका पत्रकारलाई प्रहरीले पक्रेको हो । कार्कीले पत्रकारलाई बास्टर्ड भनेर गाली गरेको एक पत्रकारले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us