काठमाडौं- ग्रेटर नेपाल अभियानका अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
प्रहरीले चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा उनीविरुद्ध परेको जाहेरीका आधारमा नेपाललाई पक्राउ गरेको जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका–१० स्थित कटारीबस्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
संखुवासभाको सभापोखरी गाउँपालिका स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा बसोबास गर्दै आएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।