काठमाण्डू, २५ जेठ– सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाण्डूका ४३ वर्षीय नीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १६ माघ २०८० मा उनी ६ ग्राम ४५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
२१ माघ २०८१ मा उनलाई ५ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको थियो । पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।