दुर्घटनामा एकजनाको मृत्यु, १२ घाइते

काठमाण्डु टुडे २०७० पुष २८ गते ६:३४ मा प्रकाशित

काठमाण्डु, २८ पुस–बाँकेको रझेनामा कारको ठक्करबाट आइतबार विहान एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल काठमाण्डु बसुन्धारा बस्ने बाँके रझेनाका ५० बर्षीय बासुदेव शर्मा लम्साल रहेका छन् ।

उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । आइतबार बिहान पौने ५ बजे बा ९ च २६२५ नम्बरको कारले लम्साललाई ठक्कर दिएको थियो ।

बस दुर्घटनामा १२ यात्रुको मृत्यु

सप्तरीको राजबिराजबाट काठमाण्डुको लागि छुटेको रात्रि बस धादिङको गलौदीमा आइतबार बिहान दुर्घटना हुदा १२ जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

गम्भीर घाईते हुनेमा सिराहा लाहानका ३२ बर्षीय बद्रीनाथ शाह, २८ बर्षीया शोभा कुमारी शाह, ३५ बर्षीया कौशिला देवी शाह र १४ बर्षीय राजु शाह रहेका छन् । उनीहरुलाई उपचारको लागि ग्रीन सिटि अस्पताल धापासी काठमाण्डुमा ल्याइएको छ ।

ना ५ ख ६१० नम्बरको बस बिहान ४ बजे धादिङको गलौदि सडकबाट अन्दाजी १० मीटर तल खसेको थियो । बस चालक फरार रहेकाले खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us