हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाइँदै

काठमाण्डु टुडे २०७० पुष २८ गते ८:०५ मा प्रकाशित

खलङ्गा, २८ पुस–हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग आंशिक रुपमा खुलेको छ । राजमार्गको श्रीभावर, बित्थड, दुदिलाखानलगायतका ठाउँमा हिमापले अवरुद्ध बनेको यातायात प्रहरी सक्रितामा खुलाइएको हो ।

राजमार्गको हिउँ सफा गर्ने काम भइरहेको र केही ठूला सवारीहरु चल्न थालेको खोड्पे प्रहरी चौकीका इन्चार्ज भीम चन्दले जानकारी दिए । तराईबाट पहाडी जिल्लाका लागि छुटेका दर्जनौँ सवारी साधनलाई गन्तव्यतर्फ पठाउन आज बिहान ७ बजेदेखि प्रहरी सक्रिय रहेको उनले जानकारी दिए ।

राजमार्गमा एकदेखि दुई फिटसम्म हिउँ परेपछि शुक्रबार रातिदेखि नै यातायात अवरुद्ध भएको थियो ।

हिमपातकै कारण बैतडी–डडेल्धुरा–दशरथचन्द राजमार्गमा समेत अवरुद्ध भएको यातायात शनिबार रातिदेखि सञ्चालनमा आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us