पश्चिमा शक्तिले सहमति भाँडे : सापकोटा

काठमाण्डु टुडे २०७० पुष २८ गते ६:४२ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, २८ पुस–एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पश्चिमा शक्तिको चलखेलको कारण सरकार गठन र संविधानसभाको पहिलो बैठकमा ढिलाइ भैरहेको दावी गरेका छन् । आफूहरु सहमतिको लागि तयार भए पनि षडयन्त्रकोलागि सफल हुन नसकेको उनको धारणा छ ।

काठमाण्डुको युनियन हाउसमा आइतबार विहान भएको एक कार्यक्रममा प्रवक्ता सापकोटाले ‘हामी सहमति गर्छौं भन्दा पनि पश्चिमाहरु बाधक बने ।’

पश्चिमा शक्तिहरुले एनजीओ र आइएनजिओ मार्फत् नेपालमा चलखेल गरेर स्वार्थ लुटिरहेको उनको आरोप छ ।

पश्चिमा शक्ति को को हुन् भनेर उनले किटान भने गरेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us