समाचार

विश्वविद्यालयमा पुस्तक बिना नै पढाइ

२०७० पुष २९ गते ७:१४

सुर्खेत, २९ पुस –    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढाइ सुरु भएको एक वर्ष भइसक्दा पनि पाठ्यपुस्कतबिना नै पढाइ भइरहेको छ । एक वर्षको अवधिमा विश्वविद्यालयका दुईवटा सेमेस्टरको कार्यक्रम सकिनै लाग्दासमेत विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रमअनुसार पुस्तक नहुँदा विद्यार्थी पुस्तकबिना नै परीक्षा दिन बाध्य भएका हुन् । पहिलो...

राजनीतिक प्रभावमा शिक्षक अन्तर्वार्ता स्थगन भएको दाबी

२०७० पुष २९ गते ७:०८

काठमाण्डु, २९ पुस – अखिल नेपाल शिक्षक संगठनले २०७० जेठमा शिक्षक सेवा आयोगले लिएको खुला विज्ञापनको लिखित परीक्षामा उत्तीर्णको पूर्व निर्धारित अन्तर्वार्ता राजनीतिक प्रभावमा स्थगित भएको दाबी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा शिक्षक सेवा आयोगले मावि÷निमाविको अन्तर्वार्ता र प्राविस्तरको नतिजा प्रकाशन...

प्रचण्ड–नेपाल भेटवार्ता

२०७० पुष २९ गते ३:५०

काठमाण्डु, २९ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच सोमबार विहान भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ । प्रचण्डलाई भेट्न नेता नेपाल...

८ किलो सुनसहित तीनजना पक्राउ

२०७० पुष २९ गते ३:११

विराटनगर, २९ पुस–मोरङको नेमुवामा आठ किलो सुनसहित तीनजना पक्राउ परेका छन् । काठमाण्डुबाट विराटनगर आउँदै गरेको बा १० च ७१०४ नम्बरको कार जाँच गर्दा सुन बरामद परेको हो । सुनसहित विराटनगर–११ का शेखर महतो, अमर महतो र रंगेलीका कैलाश सोनी पक्राउ परेको नेमुवा प्रहरी...

मलामी सवार जीप दुर्घटना, २ जनाको मृत्यु

२०७० पुष २९ गते २:४९

काठमाण्डु, २९ पुस– पर्वतको हुवासमा मलामी सवार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । मलामी बोकेर त्रिवेणीदेखि हुवासको बसेलडाँडा जाँदै गरेको ग १ च ७६०२ नम्बरको जीप गएराती साढे...

रुकुमेलीलाई कोरियाली पुरस्कार

२०७० पुष २९ गते २:४७

रुकुम, २९ पुस–सामुदायिक वन जोगाइराखेको भन्दै रुकुमका दुई सामुदायिक वनका २२४ उपभोक्तालाई कोरियाले सौर्य लालटिन सहयोग गरेको छ । पुर्तिमकाँडा–६ को लोकप्रिय सामुदायिक वन र आठविसकोट गाविस–९ को रानी सल्लेरी सामुदायिक वनका उपभोक्ताहरुलाई ग्रिन फाउन्डेसन कोरियाले प्रोत्साहनस्वरुप सौर्य लालटिन पुरस्कार पठाइदिएको हो । ‘ग्रिन...

माघ ७ गते सभासदको सपथ ग्रहण

२०७० पुष २८ गते १४:२८

काठमाण्डु, २८ पुस – संविधानसभाका निर्वाचित सभासभदको सपथ ग्रहण यही माघ ७ गते मंगलबार हुने भएको छ । त्यसअघि माघ ६ गते विहान साढे ११ बजे ज्येष्ठ सदस्यको सपथ ग्रहण हुने भएको छ । माघ ६ गते ज्येष्ठ सदस्य तथा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाको...

प्रचण्डलाई सूर्यबहादुरको सपथ !

२०७० पुष २८ गते १२:५५

काठमाण्डु, २८ पुस – संविधानसभाको पहिलो बैठकको मिति तय भएसँगै बैठक आह्वानको सबै तयारी पुरा भएको छ । संसद सचिवालयले आइतबार प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीमा विजयी भएका सभासदलाई पहिलो बैठकमा सहभागि हुन ‘निम्तो’ समेत पठाइसकेको छ । यसपालीको संविधानसभामा जेष्ठ सदस्यको हैसियतमा पहिलो...

एमाले महाधिवेशन वैशाखमा

२०७० पुष २८ गते १२:४०

काठमाण्डु, २८ पुस – नेकपा एमालेको नवौं महाधिवेश आउँदो वैशाख ९ गतेदेखि काठमाण्डुमा हुने भएको छ । आइतबार बसेको एमाले स्थायी समितिको बैठकले नवौं महाधिवेशनको मिति तय गरेको हो । ‘पार्टी स्थापना दिवस पारेर नवौं महाधिवेश गर्ने निर्णय भयो ।’ एमाले स्थायी समिति सदस्य...

फोरम सरकारमा नजाने

२०७० पुष २८ गते ११:५०

काठमाण्डु, २८ पुस– मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । यादवले आफूहरू संविधान निर्माणलाई प्राथमिकता दिन चाहेकाले प्रतिपक्षमा बस्ने बताए । उनले मधेसका विषयलाई स्थापित गर्न केही मधेसी दलबीच एकताको प्रक्रिया प्रारम्भ भएको जानकारी दिए । फोरम...

सैनिक टोली सुडान जाँदै

२०७० पुष २८ गते १०:४२

काठमाण्डु, २८ पुस – संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत नेपाली सेनाको एक टोली सुडान जाने भएको छ । सेनाले संयुक्त राष्ट्रसंघको अनुरोधमा दक्षिणी सुडानमा प्रमुख सेनानीको नेतृत्वमा एक टोली त्यसतर्फ पठाउन लागेको हो । टोलीमा ८ सय ५० जना रहनेछन् । संयुक्त राष्ट्रसंघबाट कन्फर्मेशन...

बझाङ कारागारबाट कैदी भागे

२०७० पुष २८ गते १०:२५

बझाङ, २८ पुस– बझाङ जिल्ला कारागारबाट शनिबार साँझ दुई कैदी भागेका छन् । कर्तव्य ज्यान मुद्दामा जेल परेका सुर्मा गाविस २ का पालम बोहरा र मौलाली गाविस ४ का धनराज खत्री कारागारको पर्खालबाट हाम फालेर फरार भागेका हुन् । बोहरालाई गत फागुनमा र खत्रीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us