
विराटनगर, २९ पुस–मोरङको नेमुवामा आठ किलो सुनसहित तीनजना पक्राउ परेका छन् । काठमाण्डुबाट विराटनगर आउँदै गरेको बा १० च ७१०४ नम्बरको कार जाँच गर्दा सुन बरामद परेको हो ।
सुनसहित विराटनगर–११ का शेखर महतो, अमर महतो र रंगेलीका कैलाश सोनी पक्राउ परेको नेमुवा प्रहरी चौकीले जनाएको छ ।
आइतबार साँझ पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले जानकारी दिए ।