
काठमाण्डु, २८ पुस – नेकपा एमालेको नवौं महाधिवेश आउँदो वैशाख ९ गतेदेखि काठमाण्डुमा हुने भएको छ ।
आइतबार बसेको एमाले स्थायी समितिको बैठकले नवौं महाधिवेशनको मिति तय गरेको हो ।
‘पार्टी स्थापना दिवस पारेर नवौं महाधिवेश गर्ने निर्णय भयो ।’ एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले भने ।
उनले महाधिवेशनको तयारी, आउँदो केन्द्रीय समितिको बैठकको तयारी तथा आगामी कार्यक्रमको विषयमा छलफल गर्न आउँदो माघ २ गतेदेखि स्थायी समितिको बैठक बस्ने निर्ण भएको जानकारी दिए ।
एमालेको आठौं महाधिवेश २०६५ सालमा बुटवलमा भएको थियो ।