सैनिक टोली सुडान जाँदै

काठमाण्डु टुडे २०७० पुष २८ गते १०:४२ मा प्रकाशित

nepal-army-logoकाठमाण्डु, २८ पुस – संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत नेपाली सेनाको एक टोली सुडान जाने भएको छ ।

सेनाले संयुक्त राष्ट्रसंघको अनुरोधमा दक्षिणी सुडानमा प्रमुख सेनानीको नेतृत्वमा एक टोली त्यसतर्फ पठाउन लागेको हो ।

टोलीमा ८ सय ५० जना रहनेछन् ।

संयुक्त राष्ट्रसंघबाट कन्फर्मेशन लेटर नआएको र उक्त लेटर आउने वित्तिकै सैनिक टोली त्यसतर्फ जाने सैनिक जनसम्पर्क निर्देशनालय स्रोतले जनाएको छ ।

सैन्य टोली ६ महिनाको लागि सुडान जान लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us