बझाङ कारागारबाट कैदी भागे

काठमाण्डु टुडे २०७० पुष २८ गते १०:२५ मा प्रकाशित

बझाङ, २८ पुस– बझाङ जिल्ला कारागारबाट शनिबार साँझ दुई कैदी भागेका छन् ।

कर्तव्य ज्यान मुद्दामा जेल परेका सुर्मा गाविस २ का पालम बोहरा र मौलाली गाविस ४ का धनराज खत्री कारागारको पर्खालबाट हाम फालेर फरार भागेका हुन् ।

बोहरालाई गत फागुनमा र खत्रीलाई जेठमा कर्तव्य ज्यान मुद्दामा कारागार चलान गरिएको थियो ।

यी दुईजनासमेत सो कारागारमा ४० जना कैदी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us