काठमाण्डु, १ माघ – एकीकृत नेकपा माओवादीले नयाँ संविधान निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ । अखिल नेपाल क्रान्तिकारी अपाङ्ग संघका प्रतिनिधिहरुसंगको भेटमा अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक...
काठमाण्डु, १ माघ – विभिन्न सात सुत्रीय माग राखी आमरण अनशनमा बसिरहनुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । केसीको रगतमा अक्सिजनको मात्रा कम भएको केसी बचाऊ अभियानका संयोजक चिकित्सक डा. राजेन्द्र वाग्लेले जानकारी...
चौतारा, १ माघ – तिब्बतको खासाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको आठ किलो सुनसहित एक चिनियाँ नागरिकलाई बुधबार बिहान तातोपानी नाकाबाट पक्राउ गरिएको छ । सुराकीको आधारमा चेकजाँच गर्दा शरीरका विभिन्न भाग र जुत्तामा समेत लुकाएर ल्याइएको आठ किलो सुनसहित चेनरोङजाइ नाम गरेका ४३...
पर्वत, १ माघ – सशस्त्र द्वन्द्वका कारण स्थापना हुन नसकेको जिल्लाको एक प्रहरी चौकी १३ वर्षपछि स्थापना गरिएको छ । विसं २०५७ मा स्थापना गर्नुपर्ने पर्वतको भंगरा प्रहरी चौकी १३ वर्षपछि बुधबार स्थापना गरिएको हो । चौकीमा एक जना सहायक प्रहरी निरीक्षकसहित ६ जना...
काठमाण्डु, १ माघ–सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को व्यावहारिक (ट्रायल) परीक्षाका लागि नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको व्यावहारिक परीक्षण ‘भेइकल प्रिटेस्ट’ सञ्चालनमा आएको छ । भेइकल प्रिटेस्ट सेन्टरले उपत्यकामा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको अत्याधुनिक सुविधा सम्पन्न सवारीचालकसम्बन्धी नयाँ व्यावहारिक परीक्षण सेन्टर सुरु गरेको हो । बढ्दो सवारी दुर्घटना न्यूनीकरणको साथै...
भक्तपुर, १ माघ–महानगरीय प्रहरी परिसर भक्तपुरले छ लेन सडकको सुरक्षाको जिम्मा महिला प्रहरीहरुलाई दिएको छ । भक्तपुरको मनहरा पुलदेखि सूर्यविनायक, साँगासम्मको अरनिको राजमार्गअन्तर्गतको सडकको सुरक्षाको जिम्मा महिला प्रहरीलाई दिइएको हो । राजमार्ग सुरक्षाका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा सात महिला प्रहरीको टोली परिचालन गरिएको...
सल्यान, १ माघ–भेरी नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने एकजनालाई सल्यानको सल्लीबजार प्रहरीले पक्राउ गरेको छ । भेरी नदीमा जेलेटिन बम प्रयोग गरेर माछा मार्दै गरेको अवस्थामा सल्लीवजार ७ का टंक सुनारलाई प्रहरीले पक्रेको हो । सुनारलाई पक्राउ गरिसकेपछि प्रहरीले घरमा खोजतलास गर्दा...
घोराही, १ माघ–दाङमा बस र ट्याक्टर दुर्घटनामा चारजनाको मृत्यु भएको छ । तिर्थयात्री लिएर दाङबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ४००९ नम्बरको बस तुलसीपुर–अमेलिया सडकखण्डको फुलबारी–१ दमारगाउँमा पल्टीदा तीनजनाको मृत्यु भएको छ । विपरित दिशाबाट आउदै गरेको बसलाई साईड दिनेक्रममा बस पल्टिदा भारत...
काठमाण्डु, १ माघ–पौषशुक्ल पूर्णिमा अर्थात् बुधबारदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ भएको छ । माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक स्वस्थानीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ । यस वर्ष माघ १ गते अर्थात आजको दिन एक घडी र ८ पला अर्थात्...
काठमाण्डु, १ माघ–कांग्रेस सभापति सुशील कोइरालाले अर्को वर्ष हुने पार्टीको १३ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भन्दै प्रधानमन्त्रीका लागि आफू सर्वसम्मत हुन कसरत थालेका छन्। वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी देखिएपछि कोइरालाले यस्तो रणनीति अघि सारेका हुन्। ‘सभापतिले...
काठमाण्डु, १ माघ–राष्ट्रपति डा. रामवरण यादवले सबै जातजातिका संस्कृतिलाई बचाएर मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न चाडपर्वहरूले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा बुधबार शुभकामना सन्देश दिदै राष्ट्रपति यादवले यो पर्वले सबै नेपालीबीच आपसी सदभाव, प्रेम र...
काठमाण्डु, १ माघ–परम्परागत माघे संक्रान्ति पर्व बुधबार देशभर मनाइदै छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको दिन घरका सबै परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर घिउ, चाकु, तरुल, सखरखण्ड,...