बस र ट्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १ गते २:५७ मा प्रकाशित

घोराही, १ माघ–दाङमा बस र ट्याक्टर दुर्घटनामा चारजनाको मृत्यु भएको छ । तिर्थयात्री लिएर दाङबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ४००९ नम्बरको बस तुलसीपुर–अमेलिया सडकखण्डको फुलबारी–१ दमारगाउँमा पल्टीदा तीनजनाको मृत्यु भएको छ ।

विपरित दिशाबाट आउदै गरेको बसलाई साईड दिनेक्रममा बस पल्टिदा भारत बहराईच घर भएका २५ वर्षीय मंगलप्रसाद यादबको घटना स्थलमै र भारतको बहराईचकै २५ वर्षिय प्रधान यादव र बाँके खासखुस्मा गाविसका २१ बर्षिय खेमराज बिकको कोहलपुर मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका दुईजनाको कोहलपुरमा उपचार भैरहेको छ । अन्य ९ जनाको तुलसीपुर अञ्चल अस्पतालमा उपचार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

त्यस्तै गएराति तुलसीपुर १ साततलेमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । सल्यानको कपुरकोटबाट तुलसीपुर आउँदै गरेको लु २ त १४१० नम्बरको ट्याक्टर साततलेमा पल्टीदा तुलसीपुर ९ का ३५ बर्षीय सुरज ओलीको मृत्यु भएको हो । सोही ठाउँका १८ बर्षीय चालक रमेश नेपाली गम्भीर घाइते भएका छन् । नेपालीको बाँकेको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us