आठ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०७० माघ १ गते ७:५७ मा प्रकाशित

goldचौतारा, १ माघ – तिब्बतको खासाबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको आठ किलो सुनसहित एक चिनियाँ नागरिकलाई बुधबार बिहान तातोपानी नाकाबाट पक्राउ गरिएको छ ।

सुराकीको आधारमा चेकजाँच गर्दा शरीरका विभिन्न भाग र जुत्तामा समेत लुकाएर ल्याइएको आठ किलो सुनसहित चेनरोङजाइ नाम गरेका ४३ वर्षीय चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको सशस्त्र सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक अर्जुन खत्रीले बताए ।

यस नाकाबाट गएको डेढ महिनाको अवधिमा पटकपटक गरी २८ किलो सुन पक्राउ बरामद गरिसकिएको छ । यो तेस्रो घटना हो ।

गत मंसिर १९ गते १७ किलो सुनसहित एक नेपाली महिला र दुई चिनियाँ नागरिक तथा पुस ७ गते तीन किलो सुनसहित एक चिनियाँ महिलालाई पक्राउ गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us