समाचार

अनसनरत चिकित्सक केसीको अवस्था गम्भीर

२०७० माघ २ गते १४:०७

काठमाण्डु, २ माघ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अधिकांश चिकित्सक आन्दोलनमा उत्रिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा प्रभावित भएको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानका सम्पूर्ण तहका विद्यार्थी, प्रशिक्षार्थी तथा आवासीय चिकित्सक शनिबारदेखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न दबाब दिँदै...

संविधान लेखेर मात्रै परिवर्तन हुँदैन : गोकर्ण विष्ट

२०७० माघ २ गते १३:५८

भक्तपुर, २ माघ – एमालेका केन्द्रीय सदस्य तथा सभासद् गोकर्ण विष्टले संविधान लेखेर मात्रै देश र जनताको जीवनमा परिवर्तन नआउने बताएका छन् । भक्तपुरमा भएके कार्यक्रममा विष्टले देश र जनताको जीवनमा परिवर्तन ल्याउन संविधानमा लेखिएका कुरालाई व्यवहारमा लागू हुनुपर्ने बताए । उनले एउटा पार्टीले...

बलात्कार गर्न खोजेको आरोपमा कुटिइएका युवकको मृत्यु

२०७० माघ २ गते १०:११

खोटाङ, २ माघ– बलत्कार गर्न खोजेको आरोपमा कुटिइएका एक युवकको ज्यान गएको छ । आफ्नै बुहारीलाई रातको समयमा बलात्कार गर्न खोजेको आरोपमा कुटिइएका मौवाबोटे ६ का दिलकुमार राईको ज्यान गएको हो । आफ्नै २८ वर्षीय भाइ भूमिराज राईको श्रीमती २४ वर्षीया प्रमिला राईलाई हातपात...

सामान्य विवादमा हत्या

२०७० माघ २ गते १०:०८

चौतारा, २ माघ– सिन्धुपाल्चोकको बाँसखर्क गाविसमा गएराति एक युवकको छुरा प्रहारबाट हत्या भएको छ । सामान्य विवादमा वडा नं ६ निवासी १८ वर्षीय सागर दोङले सँगै बसेका विरोस स्याम्बोको साथमा रहेको छुरी लिई सोही ठाउँ निवासी ३० वर्षीय फुर्पा बमजनलाई पेटमा प्रहार गरेको इलाका...

कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवार अझै अनिश्चित

२०७० माघ २ गते ९:५५

काठमाण्डु, २ माघ – संविधानसभा निर्वानचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने विवाद अझै टुंगिन सकेको छैन । प्रधानमन्त्रीको उम्मेदवारको विषयमा रहेको विवाद टुंग्याउन बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठक विहीबार पनि विना निष्कर्ष टुंगिएको छ । सभापति सुशील कोइराला, वरिष्ठ नेता...

मन्त्रिपरिषदको कार्यालयमा अटोमेसन प्रविधि

२०७० माघ २ गते ९:१९

काठमाण्डु, २ माघ – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका काम अबदेखि अटोमेसन प्रविधिबाट हुने भएको छ । कार्यलयलाई काजमुक्त अर्थात पेपरलेस बनाउने उद्देश्यले यस्तो गर्न लागिएको हो । कार्यालयभित्र स्वचालित कार्यालय प्रणाली (अटोमेसन प्रविधि) जडान भएपछि कलम र कागजले गर्ने कामलाई किबोर्ड र माउसले विस्थापित...

लागुऔषध नियन्त्रण अभियानमा प्रहरी

२०७० माघ २ गते ७:३९

विराटनगर, २ माघ – सीमावर्ती भारतीय क्षेत्रबाट दैनिक दुईजना लागुऔषध प्रयोगकर्ता फेला पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध नियन्त्रण विशेष अभियान सञ्चालन गरेको छ । लागुऔषध प्रयोगकर्तालाई नियन्त्रण गर्ने उद्देश्यले एक महिने अभियान सुरु गरिएको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । हरेक दिन...

नेपालगन्जमा नमुना बस्ती निर्माण

२०७० माघ २ गते ५:२१

बाँके, २ माघ–स्थानीय वाटरपार्क क्षेत्रमा नेपालगन्ज नगर विकास समितिले अत्याधुनिक नमुना बस्ती निर्माण गर्ने भएको छ । समितिले करिब ६० रुपैयाँ करोडको लागतमा निर्माण गर्ने भनी प्रस्ताव गरेको सो योजना भौतिक योजना तथा निर्माण मन्त्रालयबाट स्वीकृतसमेत भइसकेको छ । योजनाअन्तर्गत करिब ६५ बिघा क्षेत्रफललाई...

सेनाको थप फौज दक्षिण सुडानमा तैनाथ

२०७० माघ २ गते ४:०६

काठमाण्डु, २ माघ– नेपाली सेनाको थप फौज हिंसाग्रस्त दक्षिण सुडानमा शान्ति स्थापनाको लागि तैनाथ भएको छ । राष्ट्रसंघीय शान्ति मिसन मिनुस्टाह हाईटीमा तैनाथ रहेको नेपाली सेनाको टोलीमध्ये सेनानीको नेतृत्वमा २५ जनाको अग्रिम टोली दक्षिण सुडानमा तैनाथ अनमिस मिसनमा संलग्न हुन दक्षिण सुडानको राजधानी जुवा...

राष्ट्रपति हटाउन माग गर्दै दायर रिटमा सुनुवाई हुदै

२०७० माघ २ गते ३:५८

काठमाण्डु, २ माघ–राष्ट्रपति रामवरण यादवको पदावधि सकिएकोले अर्को चुनाव गरीपाउँ भनि दायर रिटमाथि विहीबार सर्बोच्च अदालतमा सुनुवाई हुदै छ । अधिवक्ता ओम प्रकाश अर्यालले अन्तरिम संविधानको मर्मअनुसार यादव दोस्रो संविधानसभामा पनि राष्ट्रपति हुन नसक्ने भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए । नेपाली काँग्रेस र...

तीन मधेसी दल एकीकरण नजिक

२०७० माघ २ गते ३:५७

काठमाण्डु, २ माघ-तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम नेपाल र सदभावनाले एकीकरणका लागि खाका तयार पारेका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोले विभिन्न चरणमा छलफल गरी एकीकरणका चार ‘मोडालिटी’ तयार पारेका हुन् ।...

एमाले र एमाओवादी नजिकिदै

२०७० माघ २ गते २:२२

काठमाण्डु, २ माघ – संविधानसभाको पहिलो बैठक आउनै लाग्दा दुई ठूला वामपन्थी दल एमाले र एमाओवादी नजिकिएका छन्। यसअघि तिक्त सम्बन्ध रहेका दुई दल ताजा जनादेशबमोजिम राष्ट्रपतिको नयाँ चुनाउ गर्नुपर्नेमा मत मिलेपछि निकट भएका हुन्। एमाले केन्द्रीय समिति बैठकले राष्ट्रपतिको नयाँ चुनाउ हुनुपर्ने निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us