कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवार अझै अनिश्चित

काठमाण्डु टुडे २०७० माघ २ गते ९:५५ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २ माघ – संविधानसभा निर्वानचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने विवाद अझै टुंगिन सकेको छैन ।

प्रधानमन्त्रीको उम्मेदवारको विषयमा रहेको विवाद टुंग्याउन बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठक विहीबार पनि विना निष्कर्ष टुंगिएको छ ।

सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच विहीबार यो विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएन ।

तीन नेताबीच भएको छलफलमा आन्तरिक र अरु दलसँगको छलफललाई निरन्तरता दिने सहमति भएको उपसभापति पौडेलले बताए ।

पार्टीभित्र र बाहिर भावी प्रधानमन्त्रीको रुपमा धेरैले कोइरालालाई हेरेपनि पौडेलले आफूले यस अघि संसदीय दलको नेता हुँदा १७ पटकसम्म हारेको भन्दै यसपटक आफैं प्रधानमन्त्री बन्नुपर्ने दावी गर्दै आएका छन् ।

देउवा भने प्रधानमन्त्री भन्दा पनि पार्टी नेतृत्वमा आखाँ लगाइरहेका छन् । प्रधानमन्त्रीमा कोइराला र पौडेलले दावी प्रस्तुत गरिरहेका छन् भने देउवा अहिलेसम्म मौन बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us