सामान्य विवादमा हत्या

काठमाण्डु टुडे २०७० माघ २ गते १०:०८ मा प्रकाशित

चौतारा, २ माघ– सिन्धुपाल्चोकको बाँसखर्क गाविसमा गएराति एक युवकको छुरा प्रहारबाट हत्या भएको छ ।

सामान्य विवादमा वडा नं ६ निवासी १८ वर्षीय सागर दोङले सँगै बसेका विरोस स्याम्बोको साथमा रहेको छुरी लिई सोही ठाउँ निवासी ३० वर्षीय फुर्पा बमजनलाई पेटमा प्रहार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक सुदीप पाठकले बताए ।

छुरा प्रहारबाट सख्त घाइते बमजनलाई उपचारार्थ स्थानीय स्वास्थ्य चौकीमा लौजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएपछि राति नै प्रहरी टोली घटनास्थल पुगी दोङ र स्याम्बोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने दोङ स्थानीय भीम विद्याश्रम माविका कक्षा १० का छात्र भएको बताइएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us