काठमाण्डु, ३ माघ – त्रिभुवन विश्व विद्यालयका उपकुलपति हिराबहादुर महर्जनले सेमेष्टर प्रणालीको पढाईवारे कुनै शंका नगर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन गएका ९ विद्यार्थी संगठनका नेताहरुसँग महर्जनले सेमेष्टर प्रणालीमा शुल्क र कोटाको विषय टुंग्याउन कार्यदल बनाउन सकिने भन्दै शंका नगर्न...
तुलसीपुर, ३ माघ–गत पुस २१ गते भारतको गोवामा पाँचतले घर भत्किएर मृत्यु भएका दाङका पाँचजना युवाको शुक्रबार बिहान सामुहिक अन्त्येष्टि गरिएको छ । मृत्यु भएको झण्डै दुई सातापछि गोल्टाकुरीको सिमलकुनाघाटमा सामूहिक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा विभिन्न सरकारी कार्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी,...
चितवन, ३ माघ–चितवनमा रोकिराखेको ट्रिपरमा बस ठोक्किदा १७ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भण्डाराको डढुवामा ना ४ ख ३१० नम्बरको बस रोकिराखेको ना ४ ख ३७४ नम्बरको ट्रिपरमा ठोक्कीदा बसका यात्रुहरु घाईते भएका हुन् । घाईतेहरुको कलेज अफ मेडिकल साईन्सेस...
काठमाण्डु, ३ माघ–नेपाली काँग्रेसले मिलेर सरकार बनाउन एकीकृत नेकपा माओवादीलाई प्रस्ताव राखेको छ । शुक्रबार विहान एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा काँग्रेस सभापति सुशील कोइरालाले सरकार गठन र संविधान निर्माणमा सहमतिको साथ अघि बढ्न आफू तयार रहेको बताएका हुन् । प्रचण्ड...
काठमाण्डु, ३ माघ– संबिधानसभा निर्वाचनमा पराजय भोगेर घाइते सिपाही झै भएको एकीकृत माओवादीका नेताहरुसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि गम्भीर प्रश्नको जवाफ मागेका छन । आफूले मागेका प्रश्नको जवाफ विना पार्टी पुनर्गठन आदर्श मात्र हुने पनि प्रचण्डले स्पष्ट पारेका छन । लामो समयदेखि पार्टीमा...
काठमाण्डु, ३ माघ–परराष्ट्र एवम् गृहमन्त्री माधवप्रसाद घिमिरेले नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा नयाँ आयाम थपिएको दावी गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी विहीबार राति स्वदेश फर्किएका मन्त्री घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भ्रमणबाट नेपाल–भारत सम्बन्ध अझ प्रगाढ तुल्याउन मद्दत पुगेको...
काठमाण्डु, ३ माघ–स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली तत्काल लागु नगर्न माग गर्दै १३ विद्यार्थी संगठनहरुले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाउदै छन् । पर्याप्त तयारी र पूर्वाधार विना सेमेस्टर प्रणाली लागु नगर्न माग गर्दै विद्यार्थी संगठनका प्रतिनिधिहरुले विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । ति विद्यार्थी...
पोखरा, ३ माघ–समयमै सेवा प्राप्त नभएमा सेवाग्राहीलाई क्षतिपूर्ति दिन पोखरा उपमहानगरपालिकाले क्षतिपूर्ति कोष स्थापना गरेको छ । हाललाई उपमहानगरपालिकाको हकमा पाँच हजार रुपैयाँ र वडाहरुमा पनि त्यत्ति नै रकमको क्षतिपूर्ति कोष स्थापना गरिएको हो । सेवाग्राहीबाट समयमै सेवा प्राप्त नगरेको गुनासो पाइएमा यसै कोषबाट...
दमक, ३ माघ–झापाको अनारमनी–९ बिर्ताबजारस्थित अस्थायी प्रहरी चौकी बिर्ताबजारमा महिला प्रहरी मात्र खटिएका छन् । शान्तिसुरक्षामा महिला प्रहरीको भूमिका बढाउन सो चौकीमा बिहीबारदेखि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी परिचालित भएका हुन् । सो चौकीमा प्रसनि गङ्गामाया राईको नेतृत्वमा ११ जना महिला प्रहरी...
काठमाण्डु, २ माघ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डेरा सर्ने भएका छन् । अहिले लाजिम्पाट बस्दै आएका प्रचण्ड त्यहाँबाट सर्न लागेका हुन् । शान्ति प्रक्रियामा आएपछि करिब ४ वर्ष नयाँबजारमा बसेका प्रचण्ड २०६८ साल माघ ५ गते लाजिम्पाटस्थित अहिले बसिरहेको घरमा सरेका...
काठमाण्डु, २ माघ – कांग्रेस र एमालेबीच संविधान निर्माण र सरकार निर्माणको विषयमा छलफल भएको छ । संविधानसभाको पहिलो बैठक, सत्ता साझेदारी लगायतका विषयमा दुई दलबीच छलफल भएको हो । छलफलपछि एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माण, सत्ता साझेदारी र अरु दलसँगको सम्बन्ध लगायतका...
काठमाण्डु, २ माघ – एकीकृत माओवादीको केन्द्रीय समिति बैठक काठमाण्डुमा सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्डले प्रतिवेदनमा आउँदो जेठमा पार्टीको सांगठनिक महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्...