पाँचजनाको सामूहिक अन्त्येष्टि

काठमाण्डु टुडे २०७० माघ ३ गते ४:५४ मा प्रकाशित

तुलसीपुर, ३ माघ–गत पुस २१ गते भारतको गोवामा पाँचतले घर भत्किएर मृत्यु भएका दाङका पाँचजना युवाको शुक्रबार बिहान सामुहिक अन्त्येष्टि गरिएको छ ।

मृत्यु भएको झण्डै दुई सातापछि गोल्टाकुरीको सिमलकुनाघाटमा सामूहिक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा विभिन्न सरकारी कार्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, मृतकका आफन्त तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

युवाहरूको शव विहीबार राती उनीहरूका घरमा पुर्याइएको थियो । मृतकको शव भारत सरकारले काठमाण्डुसम्म र नेपाल सरकारले घरसम्म १२ दिनमा पुर्याइदिएको हो ।

विपन्न परिवारका युवा पैसा कमाउनका लागि केही समयअगाडि भारतको गोवा गएका थिए । एकै ठाउँमा काम गर्ने दाङका सातमध्ये पाँच जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा गोल्टाकुरी–८ बङ्गलापुरका ताराबहादुर खड्का र दीपक ओली, वडा नम्बर ६ कलमखोलाका सीताराम विक, दीपेश विक र फूलबारी गाविसका डम्बर नेपाली रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us