क्षतिपूर्ति दिन ५ हजार रुपैयाँको कोष

काठमाण्डु टुडे २०७० माघ ३ गते १:३९ मा प्रकाशित

पोखरा, ३ माघ–समयमै सेवा प्राप्त नभएमा सेवाग्राहीलाई क्षतिपूर्ति दिन पोखरा उपमहानगरपालिकाले क्षतिपूर्ति कोष स्थापना गरेको छ । हाललाई उपमहानगरपालिकाको हकमा पाँच हजार रुपैयाँ र वडाहरुमा पनि त्यत्ति नै रकमको क्षतिपूर्ति कोष स्थापना गरिएको हो । सेवाग्राहीबाट समयमै सेवा प्राप्त नगरेको गुनासो पाइएमा यसै कोषबाट क्षतिपूर्ति दिइनेछ ।

सेवाग्राहीको अधिकारलाई सम्बोधन गर्न वडा नं. ९ मा जारी गरिएको क्षतिपूर्तिसहितको नागरिक बडापत्रलाई १८ वटै वडामा यसै वर्षको माघ १५ गतेसम्म र उपमहानगरपालिकामा माघ मसान्तभित्रै जारी गरिने बताइएको छ । यसबाट नगरपालिकाको सेवाप्रवाह अझै प्रभावकारी हुने विश्वास उपमहानगरपालिकाले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us