त्रिविलाई नौ विद्यार्थी संगठनको ज्ञापनपत्र

काठमाण्डु टुडे २०७० माघ ३ गते ६:४१ मा प्रकाशित

काठमाण्डु, ३ माघ – त्रिभुवन विश्व विद्यालयका उपकुलपति हिराबहादुर महर्जनले सेमेष्टर प्रणालीको पढाईवारे कुनै शंका नगर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन गएका ९ विद्यार्थी संगठनका नेताहरुसँग महर्जनले सेमेष्टर प्रणालीमा शुल्क र कोटाको विषय टुंग्याउन कार्यदल बनाउन सकिने भन्दै शंका नगर्न आग्रह गरेका हुन् ।

नमिलेका विषयमा त्रिविका पदाधिकारी र विद्यार्थी नेताहरु सम्मिलित कार्यदल वनाएर समाधान खोज्न सकिने उनको भनाई छ । सो अवसरमा विद्यार्थी नेताहरुले त्रिविले विगतमा पनि सेमेष्टर प्रणाली सुरु गरेर बीचमै किन बन्द गरियो भन्ने बारे गम्भीर समीक्षा गरिनु पर्नेमा जोड दिँदै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा विश्व वैँकको कुनै पनि शर्त वा दबाबमा विश्वविद्यालयलाई सेमेष्टरमा लैजान नहुने, शुल्क र कोटाको कारण पहुँच घट्ने हुँदा आम विद्यार्थीको पहुँचलाई यथावत राख्ने सुनिश्चित वातावरण निर्माण गर्नु पर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नु पर्ने लगायतका माग गरिएको छ ।

जवाफमा महर्जनले स्ववियु निर्वाचन चैत महिना भित्रैमा गराउने प्रतिवद्धता जनाएका छन् ।

स्ववियु चुनाव चैतमा गर्ने विषयमा भने अखिल क्रान्तिकारीले फरक धारणा राखेको छ ।

फागुन २१ गतेबाट संगठनको राष्ट्रिय सम्मेलन तय भएकाले यसै वर्षको अन्त्यसम्ममा स्ववियु चुनाव गर्ने विषयमा आफूहरुको सहमति नरहेको संगठनका केन्द्रीय सचिव अनिल शर्मा बिरहीको भनाई छ । ‘यसैवर्षको अन्त्यसम्ममा स्ववियु चुनाव गर्ने विषयमा हाम्रो सहमति छैन, शर्माले भने ।

विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्रको पूर्णपाठ

gypanpatra-9-student-union

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us