त्रिविलाई विद्यार्थीको ज्ञापन

काठमाण्डु टुडे २०७० माघ ३ गते १:५५ मा प्रकाशित

TUकाठमाण्डु, ३ माघ–स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली तत्काल लागु नगर्न माग गर्दै १३ विद्यार्थी संगठनहरुले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाउदै छन् । पर्याप्त तयारी र पूर्वाधार विना सेमेस्टर प्रणाली लागु नगर्न माग गर्दै विद्यार्थी संगठनका प्रतिनिधिहरुले विश्वविद्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

ति विद्यार्थी संगठनहरुले पहिलेकै अवस्थामा स्नातकोत्तर तहको भर्ना खोल्न माग गरेका छन् ।

नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) सहितका संगठनको विहीबार बसेको संयुक्त बैठकले त्रिविले लागू गर्न खोजेको सेमेस्टर प्रणालीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई मारमा पार्ने निष्कर्ष निकालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us