कञ्चनपुर, ४ माघ– महाकाली सेती यातायात बस व्यवसायी समिति कञ्चनपुरले पहाडी जिल्ला दार्चुलाका लागि रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । समितिको दिवा सेवाले यात्रुको चाप धान्न नसकेपछि रात्रिकालीन सेवा सुरु गरिएको हो । दार्चुला सदरमुकामसम्म सडक बनेपछि समितिका दुई बस दिवा सेवाअन्तर्गत सञ्चालन...
स्याङ्जा, ४ माघ – स्याङ्जामा शनिबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, अन्य ४१ जना घाइते भएका छन् । मल्याङकोट दार्सिङबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ४२१२ नम्बरको जिप वालिङ नगरपालिका–६ लालुपाते भन्ने ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो...
काठमाण्डु, ४ माघ – एकीकृत नेकपा माओवादीले पार्टीकातर्फबाट निर्वाचित समानुपातिक सभासदहरुलाई प्रमाण पत्र वितरण गरेको छ । पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा शनिबार बिहान विशेष कार्यक्रम गरेर एमाओवादीले सभासदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । समानुपातिकतर्फ ५४ सिट जितेर संविधानसभाको तेस्रो ठूलो दल बनेको एमाओवादीले प्रमाणपत्र...
सुर्खेत, ४ माघ – यसपटकको प्रवेशिका परीक्षामा सहभागी हुने विद्यार्थीले अनिवार्य रुपमा सम्बन्धित विद्यालयको पोसाक लगाउनुपर्ने भएको छ । विगतका वर्षहरुमा विद्यार्थीहरु आफ्नो इच्छाअनुसारको पोसाकमा परीक्षामा सहभागी हुने गरेकामा यसपटक पोसकलाई अनिवार्य गर्न शिक्षा विभागले निर्देशन दिएपछि यहाँको जिल्ला शिक्षा कार्यालयले पनि कडाईका साथ...
महोत्तरी, ४ माघ – महोत्तरी जिल्लाको धीरापुर गाउँ विकास समितिको कार्यालयले आफ्नो गाविसभित्र जन्मेका बालबालिकाको ३५ दिनभित्र जन्मदर्ता गराउने अभिभावकलाई उपहार दिने घोषणा गरेको छ । सो गाविसका सचिव राजेशकुमार शर्माले धीरापुर गाविसभित्र जन्मने प्रत्येक बालबालिकालाई जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइएमा अभिभावकलाई उपहार दिने...
ललितपुर, ४ माघ – शनिबार बिहान साढे ८ बजे ललितपुरको धापाखेल हाइटमा गोली चल्दा दुईजना घाइते भएका छन् । नेपाली काँग्रेसका कार्यकर्ता मीनकृष्ण महर्जन र मिलन सिलवालको तिर्घामा गोली लागेको र उनीहरुको बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको...
मुगु, ४ माघ – मुगुमा गएरातिबाट भारी हिमपात भइरहेको छ । एक्कासी रातिबाट हिउँ पर्न थालेपछि सडक यातायात अबरुद्ध भएको छ । दैनिकजसो २० वटासम्म मालबाहक गाडी सुर्खेत नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान लिएर जाने गरेका छन् । शुक्रबार रातिबाट नै हिउँ पर्न...
इलाम, ४ माघ – अवैधरूपमा इलाम भित्र्याउन लागिएको ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । इलामको फिक्कलमा मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले २० ग्राम ब्राउनसुगरसहित इलाम नगरपालिका–३ निवासी २० वर्षीय विमल भुजेल र ३० वर्षीय शेखर खवासलाई शुक्रबार राति पक्राउ गरेको हो ।...
काठमाडौं, माघ ४ – आठौं महाधिवेशनबाट एमालेले मुलुकका अन्य सबै दललाई उछिनेर लोकतान्त्रिक पद्धतिअनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका कारण महाधिवेशनमा झलनाथ खनाल र नेता केपी ओलीबीच दुईवटा चुनावी प्यानल खडा भए । दुई प्यानल भिड्दा खनाल अध्यक्षमा निर्वाचित भए,...
काठमाण्डु, ४ माघ – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले अनशनरत त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजका डा. गोविन्द केसीको जीवनरक्षाको लागि अपील गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले डा. केसीको जीवनरक्षा अहिले सबैभन्दा महत्वपूर्ण कार्यभार भएको बताएका छन्...
सप्तरी, ४ माघ – सरकारी उदासीनताका कारण सप्तरीको राजविराज विमानस्थल अहिले गौचरण र खेल मैदानमा परिणत भएको छ । विमानस्थलको धावनमार्ग ग्राभेल नहुँदा लामो समयदेखि विमान उडान हुन छाडेपछि विमानस्थल गौचरण र खेल मैदानमा परिणत भएको हो । विमानस्थलको रन–वेमा ग्राभेल गर्ने काम पनि...
भैरहवा, ४ माघ – शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र विकास कोषले ध्यान नदिँदा फोहोर र ध्वनि प्रदूषण दिनप्रति दिन बढिरहेको छ । विश्व सम्पदा सूचीमा नै शान्ति क्षेत्रको रुपमा सूचीकृत भएको लुम्बिनीमा आन्तरिकरुपमा विभिन्न जेनेरेटरहरु सञ्चालनमा ल्याउँदा ध्वनि प्रदूषण भएको हो । लुम्बिनी...