एमाओवादीले सभासदलाई बाँढ्यो प्रमाणपत्र

काठमाण्डु टुडे २०७० माघ ४ गते ७:२७ मा प्रकाशित

maoist flagकाठमाण्डु, ४ माघ – एकीकृत नेकपा माओवादीले पार्टीकातर्फबाट निर्वाचित समानुपातिक सभासदहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।

पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा शनिबार बिहान विशेष कार्यक्रम गरेर एमाओवादीले सभासदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

समानुपातिकतर्फ ५४ सिट जितेर संविधानसभाको तेस्रो ठूलो दल बनेको एमाओवादीले प्रमाणपत्र वितरणसहित सभासदहरुलाई प्रशिक्षणसमेत दिएको छ ।

सो अवसरमा सभासदहरुलाई संविधानसभामा खेल्नुपर्ने भूमिकाका विषयमा सामान्य जानकारी गराइएको एमाओवादीले जनाएको छ ।

प्रमाण पत्र वितरण कार्यक्रममा नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने उपस्थित थिएनन् । सभासद चयनमा अशन्तुष्टि राखेका नेताद्वय प्रमाणपत्र वितरण कार्यक्रममा पनि अनुपस्थित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us