जिप दुर्घटनामा दुईको मृत्यु, ४१ जना घाइते

काठमाण्डु टुडे २०७० माघ ४ गते ८:०३ मा प्रकाशित

स्याङ्जा, ४ माघ – स्याङ्जामा शनिबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, अन्य ४१ जना घाइते भएका छन् ।

मल्याङकोट दार्सिङबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ४२१२ नम्बरको जिप वालिङ नगरपालिका–६ लालुपाते भन्ने ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा मल्याङकोट गाविस–३ का साइँला गुरुङ र पाल्पा सिलुवा–१ का चार वर्षीय विवश नेपाली रहेका छन् ।

क्षमताभन्दा बढी यात्रु लिएर आएको जिप ग्रामीण सडकमा अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ तथा पोखराका विभिन्न अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । सिमसिम पानी परिरहेकाले घाइतेहरुको उद्धारमा निकै कठिन भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us