समाचार

दृष्टिविहीन ब्रेललिपिको कार्बोन कापी अभाव

२०७० माघ ६ गते २:०६

गोरखा, ६ माघ – गोरखाको अमरज्योति जनता उमाविमा रहेका दृष्टिविहीनलाई ब्रेललिपि कार्बोन कापीको अभाव भएको छ । आर्थिक अभावका कारण ब्रेललिपिको प्रयोग गर्न नपाइएको दृष्टिविहीन विद्यार्थीले गुनासो गरेका छन् । सो उच्चमाविमा नौजना दृष्टिविहीन विद्यार्थी पढ्दछन् । ब्रेललिपि कापीको अभावमा पठनपाठनमा समस्या भएको दृष्टिविहीन...

अब एमाओवादी नेताहरुको संयुक्त आवास

२०७० माघ ६ गते १:५५

काठमाण्डु, ६ माघ – एकीकृत माओवादीका नेताहरु हेटौंडा महाधिवेशनले पारित गरेको प्रस्ताव अनुसार सामूहिकरुपमा एकै स्थानमा बस्ने तयारी थालेका छन् । केन्द्रीय कार्यालय र नेता कार्यकर्ताको सामूहिक बसोबासका लागि जग्गा भाडामा लिने तयारी भइरहेको एमाओवादीले जनाएको छ । गत वर्ष माघमा सम्पन्न सातौँ महाधिवेशनवाट...

लालबकैया नदीमा पुल नहुँदा समस्या

२०७० माघ ६ गते १:२७

रौतहट, ६ माघ – जिल्ला सदरमुकाम गौर–६ मा रहेको लालबकैया नदीमा पुल नहुँदा  सर्वसाधारणले सास्ती खेप्नु परेको छ । रौतहटको बन्जरहा, औरैया, मठिया, रामपुरखाप, डुमरिया, पिपरालगायतका गाविसका बासिन्दा नदीमा पुल नहुँदा समस्यामा पर्दै आएका छन् । नदीमा बाँसको अस्थायी पुल (चचरी) बनाई मानिसहरु सदरमुकाम...

लागुऔषध कारोबारका ठूलो गिरोह पक्राउ

२०७० माघ ५ गते १४:४१

काठमाण्डु, ५ माघ– नेपाल प्रहरीअन्तर्गत लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषधसम्बन्धी अहिलेसम्मकै ठूलो गिरोहलाई पक्राउ गरेको छ । विभिन्न समयमा लागु औषधसहित पक्राउ गरिएका लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई ब्युरोले सार्वजनिक गरेको हो । गत पुस ३० गते काठमाण्डु सामाखुसी चोकबाट बुप्रिनर्फिन र डाइजेपाम एक हजार...

१५ किलो चरेशसहित दुई पक्राउ

२०७० माघ ५ गते १४:०४

हेटौँडा, ५ माघ– प्रहरीले मकवानपुरको रातोमाटेबाट १५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । भरतपुरबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ६९४९ नम्बर बसमा शंका लागि जाँच गर्दा उक्त चरेश भेटिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङ सिराञ्चोक गाविस ४ का ३२...

के हुँदैछ संविधानसभाको पहिलो बैठकमा ?

२०७० माघ ५ गते १३:४९

काठमाण्डु, ५ माघ- संविधानसभा सचिवालयले यही माघ ८ गतेका लागि बोलाइएको संविधानसभाको पहिलो बैठकका लागि तीन कार्यसूची तयार पारेको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलका प्रतिनिधिसँग सचिवालयले आइतबार गरेको परामर्श बैठकले पारित गरेको कार्यसूचीअनुसार संविधानसभाको पहिलो बैठकमा मन्त्रिपरिषद्का अध्यक्षले पठाएको पत्र पढेर...

शिक्षा मन्त्रीले त्रिविका उपकुलपतिलाई भने, ‘डीन नियुक्ती उल्ट्याउ’

२०७० माघ ५ गते १२:५६

काठमाण्डु, ५ माघ – शिक्षा मन्त्री माधवप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्था महाराजगञ्जका नवनियुक्त डीन डा शशी शर्माको नियुक्ती उल्ट्याउन निर्देशन दिएका छन् । मन्त्री पौडेलले त्रिविका उपकुलपति डा हिराबहादुर महर्जनलाई ४ बुँदे निर्देशन दिँदै नियुक्ती उल्टाउन भनेका हुन् । मन्त्री पौडेलले यसअघि...

कांग्रेसले राष्ट्रपतिलाई विवादमा ल्यायो : नेता नेपाल

२०७० माघ ५ गते १२:१०

विराटनगर, ५ माघ– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसले राष्ट्रपतिलाई अनावश्यक रुपमा तानेर विवादमा ल्याउने काम गरेको बताएका छन् । विराटनगरमा भएको कार्यक्रममा नेपालले संविधानमा राष्ट्रपतिको विषयमा स्पष्ट उल्लेख भएपनि दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भइसक्दा पनि पहिलेकै राष्ट्रपति रहिरहनुपर्छ भन्नु विवाद सिर्जना...

अहिल्यै पार्टी नेतृत्व छोड्दिन : प्रचण्ड

२०७० माघ ५ गते १२:०४

विराटनगर, ५ माघ–एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले निर्वाचनपछि पार्टीमा जटिल अवस्था सिर्जना भएकाले यस्तो अवस्थामा आफूले नेतृत्व छाडे पार्टीभित्र थप संकट आउने भन्दै तत्काल नेतृत्व नछाड्ने बताए...

संसदको पहिलो बैठक १२ गते

२०७० माघ ५ गते १०:५५

काठमाण्डु, ५ माघ – सरकारले व्यवस्थापित संसदको पहिलो बैठक यहि माघ ८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डा रामवरण यादवलाई भेटेर संसद आव्हान गर्न राष्ट्रपति यादवसमक्ष सिपारिस गरेका हुन् । संविधानसभा बैठक आफैंले बोलाएका रेग्मीले संसद...

५५ तोला सुनसहित पाँचजना पक्राउ

२०७० माघ ५ गते १०:३७

भक्तपुर, ५ माघ– महानगरीय प्रहरी परिसर भक्तपुरले तातोपानी नाका हँुदै सुन तस्करी गरी ल्याउँदै गरेका पाँचजनालाई आधा किलोभन्दा बढी सुनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी ३५ वर्षीया उर्मिला लामा, इलाम चमेटेटारकी ३० वर्षीया बन्दना राई, सिन्धुपाल्चोक माङ्खा ५ की १७ वर्षीया भावना...

‘डा गोविन्द केसीको माग पुरा नभए अस्पतालका सबै सेवा ठप्प’

२०७० माघ ५ गते १०:३३

काठमाण्डु, ५ माघ – नेपाल चिकित्सक संघले विगत नौ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसीले उठाएको सात बुँदे माग पुरा नभए आकस्मिकसहित सबै सेवा अनिश्चितकालको लागि ठप्प पार्ने चेतावनी दिएको छ । काठमाण्डुमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपाली जनताको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us