लागुऔषध कारोबारका ठूलो गिरोह पक्राउ

काठमाण्डु टुडे २०७० माघ ५ गते १४:४१ मा प्रकाशित

Drugकाठमाण्डु, ५ माघ– नेपाल प्रहरीअन्तर्गत लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रित लागुऔषधसम्बन्धी अहिलेसम्मकै ठूलो गिरोहलाई पक्राउ गरेको छ । विभिन्न समयमा लागु औषधसहित पक्राउ गरिएका लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई ब्युरोले सार्वजनिक गरेको हो ।

गत पुस ३० गते काठमाण्डु सामाखुसी चोकबाट बुप्रिनर्फिन र डाइजेपाम एक हजार ८ सयसहित उदयपुर पञ्चावती ३ घर भई हाल बसुन्धरा बस्ने ५५ वर्षीय सूर्यबहादुर केसीलाई पक्राउ गरेको थियो ।

यस्तै गत पुस २९ गते मकवानपुर निबुवाटार १ घर बताउने २१ वर्षीय रमेश सशांकरलाई नियन्त्रित लागुऔषध ब्रुपिनर्फिन (नुर्पिmन) एक हजार तीन सय ५० एम्पुल, डाइजेल्याब ९ सय ५० एम्पुलसहित काठमाण्डुको जडीबुटी चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ,

काठमाण्डुको चमती घर बताउने ४० वर्षीय त्रिरत्न खड्गीलाई बु्रपिनर्फिन (नुर्फिन) ५० एम्पुल र  लिपोस १ सय ५० एम्पूलसहित डल्लुबाट पक्राउ गरेको थियो ।

त्यसैगरी पुस २८ गते ललितपुर उपमहानगरपालिका ९ घर बताउने ३१ वर्षीय राजेन्द्र महर्जनलाई बु्रपिनर्फिन २७ एम्पुल, लिपोस (डाइजेपाम) २७ एम्पुलसहित काठमाण्डुको शंखमूलबाट पक्राउ गरेको ब्युरोले जनाएको छ ।

तीमध्ये मुख्य अभियुक्त केसी यसअघि २०६४ सालमा अहिलेसम्मकै ठूलो परिणाम ७५ हजार ९ सय २० एम्पुलसहित पक्राउ गरी छ वर्ष कैद र ८ लाख जरिवाना सजाँय भोगेका थिए ।

कानुनमा स्नातक केसीले  १६ वर्षदेखि लागुऔषधको व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ । केसीले १८ वर्षका युवकलाई प्रयोग गर्ने गरेको पाइएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतापसिंह थापाले अभियुक्त केसीले कारागारबाट छुटेपछि काठमाण्डु उपत्यकासहित पोखरामा सहयोगीमार्फत लागुऔषध कारोबार गर्दै आएको तथा भारतको रक्सौल नाकाबाट लागुऔषध खरिद गर्ने गरेको जानकारी दिए ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us