शिक्षा मन्त्रीले त्रिविका उपकुलपतिलाई भने, ‘डीन नियुक्ती उल्ट्याउ’

काठमाण्डु टुडे २०७० माघ ५ गते १२:५६ मा प्रकाशित

Madhab-Paudel-and-Hira-Mahaकाठमाण्डु, ५ माघ – शिक्षा मन्त्री माधवप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्था महाराजगञ्जका नवनियुक्त डीन डा शशी शर्माको नियुक्ती उल्ट्याउन निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले त्रिविका उपकुलपति डा हिराबहादुर महर्जनलाई ४ बुँदे निर्देशन दिँदै नियुक्ती उल्टाउन भनेका हुन् ।

मन्त्री पौडेलले यसअघि नै पूर्व डीन डा प्रकाश सायमीको राजिनामा स्वीकृत नगर्न दिएको निर्देशन नटेरेको भन्दै महर्जनप्रति कडा आक्रोश पोखेका छन् ।

पौडेलले नयाँ डीन नियुक्तीको निर्णय तत्काल उल्ट्याई अनसनरत चिकित्सक डा गोविन्द केसीको अनसन तोड्ने वातावरण बनाउन निर्देशन दिएका पौडेलका प्रेस सल्लाहकार मातृका पौडेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us