समाचार

युवकको शव भेटियो

२०७० माघ ६ गते ११:५०

कलैया, ६ माघ– बाराको सुरवी पथरा गाविस ६ नायकाटोलमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक बारा महेन्द्र आदर्श गाविस ६ बस्ने सत्यनारायण पटेलका ३० वर्षीय छोरा रोशन रहेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

राहदानीको लागि आवेदन संकलन केन्द्र थपिए

२०७० माघ ६ गते १०:१८

काठमाण्डु, ६ माघ – राहदानी लिनका लागि आवेदन दर्ता गर्न १५ घण्टाभन्दा बढी समय लाईनमा बस्नुपर्ने सेवाग्राहीको बाध्यता अब हट्ने भएको छ । सरकारले सोमबारदेखि नारायणहिटी दरबारस्थित राहदानी विभागमा ६ वटा आवेदन संकलन केन्द्र सञ्चालन गरेपछि सेवाग्राहीलाई त्यस्तो सुविधा उपलब्ध भएको हो । केन्द्रको,...

डा. केसीको स्वास्थ्य अत्यन्तै कमजोर

२०७० माघ ६ गते ९:५०

काठमाण्डु, ६ माघ– सात सूत्रीय माग राखी आमरण अनसनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ । ‘उहाँको स्वास्थ्य अवस्था क्रिटिकलतर्फ उन्मुख भएको छ । चिकित्साका भाषामा क्रिटिकल भन्नु भनेको बिरामीलाई जुनसुकै समयमा जे...

पार्टी नेतृत्वमा प्रचण्डको विकल्प छैन : श्रेष्ठ

२०७० माघ ६ गते ९:५०

काठमाण्डु, ६ माघ – एकीकृत माओवादीका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रुपान्तरण सहित प्रचण्डकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् । काठमाण्डुमा जारी एमाओवादी केन्द्रीय समिति बैठकमा श्रेष्ठले अहिलेको अवस्था नेतृत्व परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै प्रचण्डकै नेतृत्वमा अघि बढ्नुपर्ने बताए । यथास्थितीमा अघि...

‘एसएलसी टेष्ट’ परीक्षा रोक्न निर्देशन

२०७० माघ ६ गते ९:१३

काठमाण्डु, ६ माघ– सरकारी नीति विपरीत विभिन्न जिल्लामा निजी एसएलसी टेष्ट (सेन्टअप) परीक्षा सञ्चालन भइरहेको भन्दै त्यस्तो काम रोक्न सरकारले निर्देशन दिएको छ । टेष्ट परीक्षालाई जिल्लास्तरीय परीक्षासरहको मान्यता दिई विद्यार्थीसँग शुल्क उठाई उत्तीर्ण र अनुत्तीर्ण गराउने गरी सञ्चालन नगर्न सरकारले निर्देशन दिएको हो...

पूर्व मन्त्रीकै पार्टी सदस्यता नवीकरण नहुने

२०७० माघ ६ गते ७:१०

खोटाङ, ६ माघ – पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेतको आफ्नै गाउँ कार्य समितिले क्रियाशील सदस्यता नवीकरण नगर्ने भएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेद्वारलाई अन्तर्घात गरेको आरोपमा काहुले गाउँ कार्य समितिले बस्नेतको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो । हाल...

थापाद्वारा राष्ट्रपतिबाट सभासदको सपथ ग्रहण

२०७० माघ ६ गते ६:२०

काठमाण्डु, ६ माघ – राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाका जेष्ठ सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापालाई पद तथा गाेपनियताको सपथ खुवाउनु भएको छ । शीतल निवासमा सोमबार मध्यान्ह एक कार्यक्रमकाबीच थापालाई सपथ ग्रहण गराइएको हो । संविधानसभाले नयाँ अध्यक्ष निर्वाचन नगरुन्जेल थापाले...

सभासद मण्डलविरुद्धको रिटमा सुनुवाइ हुँदै

२०७० माघ ६ गते ५:००

काठमाण्डु, ६ माघ – एकीकृत माओवादीका समानुपातिक सभासद लालेन्द्रकुमार मण्डलको सभासदको सपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा दायर रिट माथि सोमबार सुनुवायी हुँदैछ । एमाओवादीले समानुपातिकतर्फ सभासद बनाएका मण्डल हत्या आरोपमा अदालतले वारेन्ट जारी गरेको व्यक्ति भएको भन्दै उनको सपथ ग्रहण रोकी सभासद नबनाउन...

फेरी बिग्रिएपछि यातायात सेवा अवरुद्ध

२०७० माघ ६ गते ३:५४

जाजरकोट, ६ माघ – जाजरकोट—छिन्चु सडकखण्डभित्र पर्ने राकमस्थित भेरी नदीमा रहेको फेरीमा खराबी आएपछि भेरीको दुई किनारामा यातायातका साधनहरु थन्किएका छन् । लामो समयदेखि यस सडकखण्डको सल्लीबजार–राकम जोड्ने पुल निर्माण हुन नसक्दा फेरीको भरमा यातायातका साधन वारपार गर्ने गर्दछन् । फेरी नहुँदा जाजरकोटबाट नेपालगन्ज...

हिमापतसँगै बढेको चिसोले बस्ती सुनसान

२०७० माघ ६ गते २:५९

दार्चुला, ६ माघ – माथिल्लो दार्चुलाका १२ वटा गाविसमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी बेँसी झर्न थालेका छन् । यहाँका एरकोटे, घुसा, खण्डेश्वरी, राप्ला, सुन्सेरा, सिप्टी, व्यास माथिल्लो भेग, कैलाश मानसरोवर पर्यटकीय क्षेत्र तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा दुई दिनदेखि परेको भारी...

आठ महिनादेखि कालीकोट अन्धकारमय

२०७० माघ ६ गते २:५६

कालीकोट, ६ माघ – वर्षासँगै आएको बाढीका कारण कालीकोटको एक मात्र जलविद्युत अवरुद्ध भएको आठ महिना पुगिसक्दा पनि सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत सञ्चालन नभएपछि विद्युतीय माध्यमबाट सञ्चालन हुने सम्पूर्ण काम बन्द हुँदा समस्या आएको हो । गत असार २ गते...

एमाओवादी केन्द्रीय समिति बैठक बस्दै

२०७० माघ ६ गते २:५२

काठमाण्डु, ६ माघ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक सोमबार पनि बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन माथि बोल्न बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् । यसअघि शुक्रबारको बैठकमा नेता डा. बाबुराम भट्टराई,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us